अध्यादेश पारित गराउन जसपा निर्णायक ,यादवसँग देउवाको बारम्बार भेट : JCNEPAL MEDIA

पुस १४,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : राष्ट्रिय सभाबाट अध्यादेश पारित गराउनका लागि जसपा निर्णायक बनेपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच बिहीबार बिहान भेटवार्ता भएको छ। काँग्रेस सभापति देउवाले जसपा नेपालका अध्यक्ष यादवसँग छलफल अगाडी बढाएका हुन्।

प्रतिनिधि सभाबाट अध्यादेश पारित हुने करिब निश्चित बने पनि राष्ट्रिय सभाबाट पारित गराउन सत्ताधारी दलहरूले जसपाको साथ खोजेका छन्। सोही विषयमा देउवा र यादवबीच संघीय संसद् भवन नयाँ बानेश्वरमा भेटवार्ता भएको हो। बुधबार साँझ पनि उनीहरूबीच भेटवार्ता भएको बुझिएको छ। छलफलमा गृहमन्त्री रमेश लेखक र जसपा नेपालका तर्फबाट राजकिशोर यादव पनि सहभागी रहेका छन्।

राष्ट्रिय सभामा नेपाली कांग्रेसका १६, नेकपा एमालेका १० सांसद छन् भने सत्तामा रहेको लोसपाको एक सांसद रहेका छन्। त्यस्तै जसपा नेपालका ३ सांसद रहेका छन्। त्यस्तै राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, एकीकृत समाजवादीका ८ सांसद रहेका छन्।

प्रकाशित : पुस १४,२०८१               ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA