अध्यादेश पारित गराउन जसपा निर्णायक ,यादवसँग देउवाको बारम्बार भेट : JCNEPAL MEDIA

पुस १४,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : राष्ट्रिय सभाबाट अध्यादेश पारित गराउनका लागि जसपा निर्णायक बनेपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच बिहीबार बिहान भेटवार्ता भएको छ। काँग्रेस सभापति देउवाले जसपा नेपालका अध्यक्ष यादवसँग छलफल अगाडी बढाएका हुन्।

प्रतिनिधि सभाबाट अध्यादेश पारित हुने करिब निश्चित बने पनि राष्ट्रिय सभाबाट पारित गराउन सत्ताधारी दलहरूले जसपाको साथ खोजेका छन्। सोही विषयमा देउवा र यादवबीच संघीय संसद् भवन नयाँ बानेश्वरमा भेटवार्ता भएको हो। बुधबार साँझ पनि उनीहरूबीच भेटवार्ता भएको बुझिएको छ। छलफलमा गृहमन्त्री रमेश लेखक र जसपा नेपालका तर्फबाट राजकिशोर यादव पनि सहभागी रहेका छन्।

राष्ट्रिय सभामा नेपाली कांग्रेसका १६, नेकपा एमालेका १० सांसद छन् भने सत्तामा रहेको लोसपाको एक सांसद रहेका छन्। त्यस्तै जसपा नेपालका ३ सांसद रहेका छन्। त्यस्तै राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, एकीकृत समाजवादीका ८ सांसद रहेका छन्।

प्रकाशित : पुस १४,२०८१               ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA