सहकारीको पैसा नतिर्ने सञ्चालक र ऋणीको सम्पत्ति बिक्री सुरु, तीन व्यक्तिको लिलामी गरिँदै : ससव्य समिति JCNEPAL MEDIA

माघ २४,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : सहकारी संस्थाको पैसा नतिर्ने सञ्चालक तथा ऋणीको सम्पत्ति लिलामी सुरु भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले लुनिभा बहुउद्देश्यीय सहकारीका अध्यक्ष, सञ्चालक र ऋणी सदस्यको सम्पत्ति लिलामीका लागि आह्वान गरेको हो ।

२०७६ सालमा समस्याग्रस्त घोषणा गरिएको काठमाडौँको कमलाक्षीस्थित उक्त सहकारीको सम्पत्ति तथा दायित्व व्यवस्थापन गर्ने जिम्मा समितिलाई गएको थियो । संस्थाका ऋणी सदस्य एवं सञ्चालकबाट संस्थालाई बुझाउनु पर्ने साँवा, ब्याज, हर्जना, जरिवाना तिर्न बुझाउन पत्राचार एवं पत्रपत्रिकामा सूचना प्रकाशित गर्दा समेत नआएको भन्दै उनीरुको सम्पत्ति लिलामी थालिएको हो । यसअघि यस्तो सम्पत्ति रोक्का मात्रै गरिएको थियो । अहिले संस्थाका अध्यक्ष मीनकृष्ण श्रेष्ठको नाममा रहेको सिन्धुपाल्चोक बाह्रबीसे ७ मा रहेको करिब साढे ६ रोपनी जग्गा लिलामी गर्न लागिएको छ । यसका लागि प्रतिरोपनी ३ लाख रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ । संस्थाको सञ्चालक समितिका सनलम्बित सदस्य राजेशरत्न शाक्यको १० धुर जग्गा ७ लाख रुपैयाँ न्यूनतम मूल्य कायम गरी बिक्री गर्न लागिएको छ ।

त्यस्तै, ऋणी सदस्य बलराम भुजेलको धादिङ गजुरीमा रहेको १ रोपनी जग्गा १० लाख ८० हजार रुपैयाँमा तथा सूर्यविनायक १० स्थित चित्तपोलमा रहेको ४ आना जग्गा प्रतिआना १७ लाख रुपैयाँका दरले न्यूनतम मूल्य कायम गरी बिक्रीका लागि तोकिएको छ । इच्छुक व्यक्तिले ३५ दिनभित्र गोप्य शिलबन्दी गोप्य शिलबन्दी निवेदन पेश गर्नु समितिले अनुरोध गरेको छ ।

प्रकाशित : माघ २४,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

प्रहरी पोशाक खरिदमा नयाँ मोड : स्वयं खरिद प्रणाली लागू गर्ने सरकारको तयारी : JCNEPALMEDIA

एमाले पुनर्गठनका लागि लुम्बिनीमा संकलन गरिँदै सुझाव : JCNEPALMEDIA

पासपोर्ट छपाइको जिम्मा पाएको जर्मन कम्पनीका नेपाल प्रतिनिधि मनेन्द्र मल्ल पक्राउ : JCNEPALMEDIA

मधेस सरकारद्वारा चालु आवको ११ महिनामा पुँजीगत खर्च १३.७६ प्रतिशत : JCNEPALMEDIA