सल्यान महोत्सवमा आगजनी, करोडौं मूल्य बराबरको सामान जलेर नस्ट : दाङ JCNEPAL MEDIA

माघ २७,२०८१ / जेसी नेपाल संवाददाता

दाङ : सल्यानमा लागेको महोत्सवमा आगलागी भएको छ । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानले आयोजना गरकाे दोस्रो बृहत सल्यान महोत्सव स्थलमा आगलागी भएको हो ।

८ दिनदेखि जारी दोस्रो बृहत सल्यान महोत्सवमा आगलागी हुँदा करोडौं मूल्य बराबरको सामान जलेर नस्ट भएको छ । १८ गतेबाट जारी महोत्सवमा हिजो ८ औं दिन राति आगलागी हुँदा करोडौं मूल्य बढीको सामान जलेर नस्ट भएको हो । महोत्सवमा राखिएका १३५ स्टलमध्ये ८० स्टलमा आगजानी भएको राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानका सचिव नोखिराम थापाले जानकारी दिए । उनका अनुसार गएराति ११ वजे स्टलमा आगलागी भएको हो ।

आगलागीबाट ८ करोड बढीको क्षति भएको अनुमान गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयद्वारा राति नै आगो नियन्त्रणमा लिएको सल्यान प्रहरी प्रमुख केशर न्यौपानेले जानकारी दिए । उनका अनुसार क्षतिको विवरण आउन र आगो के कसरी आगलागनी भएको अनुसन्धान भैरहेको छ ।

प्रकाशित : माघ २७,२०८१           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहलाई अदालतले चारदिनकाे म्याद थपगरे : JCNEPAL MEDIA

पर्साका एसपी भट्टका घुमुवा रामराज हेडक्वार्टर तानिए, भट्टलाई पनि स्पष्टीकरण : JCNEPAL MEDIA

बहुविवाहको आरोपमा डिएसपी मधु नेपाल पक्राउ : JCNEPAL MEDIA