सल्यान महोत्सवमा आगजनी, करोडौं मूल्य बराबरको सामान जलेर नस्ट : दाङ JCNEPAL MEDIA

माघ २७,२०८१ / जेसी नेपाल संवाददाता

दाङ : सल्यानमा लागेको महोत्सवमा आगलागी भएको छ । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानले आयोजना गरकाे दोस्रो बृहत सल्यान महोत्सव स्थलमा आगलागी भएको हो ।

८ दिनदेखि जारी दोस्रो बृहत सल्यान महोत्सवमा आगलागी हुँदा करोडौं मूल्य बराबरको सामान जलेर नस्ट भएको छ । १८ गतेबाट जारी महोत्सवमा हिजो ८ औं दिन राति आगलागी हुँदा करोडौं मूल्य बढीको सामान जलेर नस्ट भएको हो । महोत्सवमा राखिएका १३५ स्टलमध्ये ८० स्टलमा आगजानी भएको राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानका सचिव नोखिराम थापाले जानकारी दिए । उनका अनुसार गएराति ११ वजे स्टलमा आगलागी भएको हो ।

आगलागीबाट ८ करोड बढीको क्षति भएको अनुमान गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयद्वारा राति नै आगो नियन्त्रणमा लिएको सल्यान प्रहरी प्रमुख केशर न्यौपानेले जानकारी दिए । उनका अनुसार क्षतिको विवरण आउन र आगो के कसरी आगलागनी भएको अनुसन्धान भैरहेको छ ।

प्रकाशित : माघ २७,२०८१           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA