फोन वार्ता बाहिर ल्याइदिएपछि वर्षमानसँग रिसाए एमाले महासचिव शंकर पाेखरेल : JCNEPAL MEDIA

माघ २७,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफूहरू दुईबीच भएको फोन वार्ता बाहिर ल्याइदिएपछि एमाले महासचिव शंकर पोखरेल रिसाएका छन्। आइतबार महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उपमहासचिव पुनसँग रिएका हुन्।

अब त उहाँसँग अनौपचारिक कुराकानी गर्न पनि सचेत हुनुपर्ने पो देखियो,’पोखरेलले लेखेका छन्। शनिबार गुल्मीमा भएको कार्यक्रममा पुनले शंकरसँग फोन कुराकानी भएको र शंकरले सरकारले ल्याएको अध्यादेश पास गर्न सहयोग मागेको बताएका थिए। तर शंकरले पुनको भनाइको खण्डन गर्दै आफूले अध्यादेश पास गर्न सहयोग नमागेको बताएका छन्।

वास्तवमा वर्षमानजीले सार्वजनिक गरेजस्तै सहयोग र याचना गर्नुपर्ने आवश्यकता भएको भए उहाँसँग होइन। सिधैं माओवादी अध्यक्ष पुष्पकमल दाहाल मार्फत नै हुने थियो,’ पोखरेलले भनेका छन्। उनले नेताहरुका बिचमा शिष्टाचारवस् हुने कुराकानीलाई वर्षमानले प्रचारवाजी गरेकोसमेत आरोप लगाएका छन्।

प्रकाशित : माघ २७,२०८१                ००:०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA