फोन वार्ता बाहिर ल्याइदिएपछि वर्षमानसँग रिसाए एमाले महासचिव शंकर पाेखरेल : JCNEPAL MEDIA

माघ २७,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफूहरू दुईबीच भएको फोन वार्ता बाहिर ल्याइदिएपछि एमाले महासचिव शंकर पोखरेल रिसाएका छन्। आइतबार महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उपमहासचिव पुनसँग रिएका हुन्।

अब त उहाँसँग अनौपचारिक कुराकानी गर्न पनि सचेत हुनुपर्ने पो देखियो,’पोखरेलले लेखेका छन्। शनिबार गुल्मीमा भएको कार्यक्रममा पुनले शंकरसँग फोन कुराकानी भएको र शंकरले सरकारले ल्याएको अध्यादेश पास गर्न सहयोग मागेको बताएका थिए। तर शंकरले पुनको भनाइको खण्डन गर्दै आफूले अध्यादेश पास गर्न सहयोग नमागेको बताएका छन्।

वास्तवमा वर्षमानजीले सार्वजनिक गरेजस्तै सहयोग र याचना गर्नुपर्ने आवश्यकता भएको भए उहाँसँग होइन। सिधैं माओवादी अध्यक्ष पुष्पकमल दाहाल मार्फत नै हुने थियो,’ पोखरेलले भनेका छन्। उनले नेताहरुका बिचमा शिष्टाचारवस् हुने कुराकानीलाई वर्षमानले प्रचारवाजी गरेकोसमेत आरोप लगाएका छन्।

प्रकाशित : माघ २७,२०८१                ००:०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA