अध्यादेशप्रति सकारात्मक छौं ,सरकारमा जाने मनशाय छैन : उपेन्द्र यादव JCNEPAL MEDIA

माघ २७,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको अध्यादेशप्रति सकारात्मक रहेको बताएका छन् ।

आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संसद्‌बाट अध्यादेश पारित गर्न आफूहरुको कारणले नअड्किएको बताए। पार्टीले धारणा बनाइरहेको र यसमा सकारात्मक र क्रिएटिभ रहेको उनको भनाइ छ। देश र जनताको हितमा आफूहरुको निर्णय हुने बताए । सरकारले संसद्को कार्यसूचीमा राख्नेबित्तिकै पार्टीले निर्णय लिने बताए।

उनले भने, हामीले कहाँ अड्काएका छौँ त? सरकारले कार्यसूचीबाट आफै फिर्ता लिन्छ। हामीले अड्कायो कसरी भयो?हामी धारणा बनाउँदै छौँ र हाम्रो सोच सकारात्मक छ। क्रिएटिभ रुपले हामी सोच्दै छौँ। देश र जनताको हितमा हामी अगाडि बढ्छौँ। सरकारले कार्यसूचीमा राख्नेबित्तिकै हाम्रो निर्णय हुन्छ। हामी सरकारमा जाने अवस्थामा अहिले छैनौँ। हामीलाई मन्त्रालय चाहिएन। देश र जनताको हितमा काम चाहियो ।

प्रकाशित : माघ २७,२०८१            ००:०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA