अध्यादेशप्रति सकारात्मक छौं ,सरकारमा जाने मनशाय छैन : उपेन्द्र यादव JCNEPAL MEDIA

माघ २७,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको अध्यादेशप्रति सकारात्मक रहेको बताएका छन् ।

आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संसद्‌बाट अध्यादेश पारित गर्न आफूहरुको कारणले नअड्किएको बताए। पार्टीले धारणा बनाइरहेको र यसमा सकारात्मक र क्रिएटिभ रहेको उनको भनाइ छ। देश र जनताको हितमा आफूहरुको निर्णय हुने बताए । सरकारले संसद्को कार्यसूचीमा राख्नेबित्तिकै पार्टीले निर्णय लिने बताए।

उनले भने, हामीले कहाँ अड्काएका छौँ त? सरकारले कार्यसूचीबाट आफै फिर्ता लिन्छ। हामीले अड्कायो कसरी भयो?हामी धारणा बनाउँदै छौँ र हाम्रो सोच सकारात्मक छ। क्रिएटिभ रुपले हामी सोच्दै छौँ। देश र जनताको हितमा हामी अगाडि बढ्छौँ। सरकारले कार्यसूचीमा राख्नेबित्तिकै हाम्रो निर्णय हुन्छ। हामी सरकारमा जाने अवस्थामा अहिले छैनौँ। हामीलाई मन्त्रालय चाहिएन। देश र जनताको हितमा काम चाहियो ।

प्रकाशित : माघ २७,२०८१            ००:०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहलाई अदालतले चारदिनकाे म्याद थपगरे : JCNEPAL MEDIA

पर्साका एसपी भट्टका घुमुवा रामराज हेडक्वार्टर तानिए, भट्टलाई पनि स्पष्टीकरण : JCNEPAL MEDIA

बहुविवाहको आरोपमा डिएसपी मधु नेपाल पक्राउ : JCNEPAL MEDIA