स्कार्पियो र ट्रक ठोकिँदा ५ जना गम्भीर घाइते भए : JCNEPAL MEDIA

माघ २९,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका स्थित आज बिहान स्कार्पियो र मालवाहक ट्रक ठोकिँदा स्कार्पियोका चालक सहित ५ जना गम्भीर घाइते भएका छन्।

आज बिहान ८ः२० बजेको समयमा चन्द्रपुर ५ चाँदी पुल स्थित चपुरबाट सर्लाही तर्फ जाँदै गरेको ना ४ च ३६९४ नम्बरको स्कारपिओ र विपरीतबाट आउँदै गरेको बा प्र ०१–००६ ख ५७ २९ नम्बर को ट्रक एक आपसमा ठक्कर लागेको थियो। ठक्करबाट स्कार्पियोमा सवार स्थानीय मौलापुर नगरपालिका ३ का वर्ष २० को सुदीप कुमार यादवको टाउको मुख र निधारमा चोट लागेको छ। दुर्गा भगवती गाउँपालिका ५ का वर्ष १८ को प्रशान्त ठाकुरको बायाँ हात, दाहिने आँखी, भौँमा चोट लागेको छ। लक बौधीमाई नगरपालिका ३ मटिअर्वाका वर्ष २१ को रामविनय महतोको दाहिने हात र निधारमा चोट लागेको र अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका इन्स्पेक्टर विशाल तामाङले बताए ।

त्यसैगरी बौधीमाई २ का वर्ष १८ को प्रदीप कुश्वाहा निधार टाउको, कानमा चोट अवस्था मध्यम रहेको छ। बारा सिम्रौणगढ नगरपालिका ७ का वर्ष २८ को संतोष कुश्वाहाको टाउको, चिउडोमा चोट अवस्था सिरियस रहेको इन्स्पेक्टर तामाङले जानकारी दिएका छन्। घाइतेहरूलाई उपचारको लागी चन्द्रपुर प्रालि अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। घाइते मध्ये कुशवाहाको अवस्था गम्भीर रहेको तथा अन्यको सामान्य अवस्थामा उपचार भइरहेको अस्पतालका प्रमुख डाक्टर सुभाष चौधरीले बताएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका स्थित आज बिहान स्कार्पियो र मालवाहक ट्रक ठोकिँदा स्कार्पियोका चालक सहित ५ जना गम्भीर घाइते भएका छन्। आज बिहान ८ः२० बजेको समयमा चन्द्रपुर ५ चाँदी पुल स्थित चपुरबाट सर्लाही तर्फ जाँदै गरेको ना ४ च ३६९४ नम्बरको स्कारपिओ र विपरीतबाट आउँदै गरेको बा प्र ०१–००६ ख ५७ २९ नम्बर को ट्रक एक आपसमा ठक्कर लागेको थियो।

ठक्करबाट स्कार्पियोमा सवार स्थानीय मौलापुर नगरपालिका ३ का वर्ष २० को सुदीप कुमार यादवको टाउको मुख र निधारमा चोट लागेको छ। दुर्गा भगवती गाउँपालिका ५ का वर्ष १८ को प्रशान्त ठाकुरको बायाँ हात, दाहिने आँखी, भौँमा चोट लागेको छ। लक बौधीमाई नगरपालिका ३ मटिअर्वाका वर्ष २१ को रामविनय महतोको दाहिने हात र निधारमा चोट लागेको र अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका इन्स्पेक्टर विशाल तामाङले बताए । त्यसैगरी बौधीमाई २ का वर्ष १८ को प्रदीप कुश्वाहा निधार टाउको, कानमा चोट अवस्था मध्यम रहेको छ। बारा सिम्रौणगढ नगरपालिका ७ का वर्ष २८ को संतोष कुश्वाहाको टाउको, चिउडोमा चोट अवस्था सिरियस रहेको इन्स्पेक्टर तामाङले जानकारी दिएका छन्। घाइतेहरूलाई उपचारको लागी चन्द्रपुर प्रालि अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। घाइते मध्ये कुशवाहाको अवस्था गम्भीर रहेको तथा अन्यको सामान्य अवस्थामा उपचार भइरहेको अस्पतालका प्रमुख डाक्टर सुभाष चौधरीले बताएका छन्।

दुर्घटनामा परेको ट्रक र ट्रक चालक दोलखा जिरि नगरपालिका ४ बस्ने वर्ष २८ को फुरी तामाङ र स्कार्पियो इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न नसकेको तथा अनुसन्धान भइरहेको इन्स्पेक्टर तामाङले जानकारी दिएका छन्। घटनास्थलमा शान्ति सुरक्षाको कारण सई महानन्द कुमार यादवको कमान्डमा टोली खटाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

प्रकाशित : माघ २९,२०८१              ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA