डिभोर्सपछि एलिनाले लेख्छ, मैले पाउनुपर्ने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छाडिदिएँ : JCNEPAL MEDIA

माघ २९,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : गायिका एलिना चौहानले आजबाट आफ्नो गन्तव्य तय गर्न आफू स्वतन्त्र भएको बताएकी छन्। उनका श्रीमान् बिष्णु सापकोटासँग उनले मंगलबार सम्बन्ध विच्छेद गरेकी हुन्।

श्रीमान्‌सँग सम्बन्धविच्छेदपछि सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले अब कानुनी रुपमै आफूहरुलाई आ–आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको बताएकी छन्। उनले आफूले श्रीमतीका रुपमा पाउनुपर्ने सम्पत्ति पूर्वपति विष्णुकै लागि छाडिएको उल्लेख गरेकी छन्। उनले लेखेकी छन्, ‘आजदेखि स्वतन्त्र भएर कानुनी रुपमै आ–आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ। पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु। तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना विष्णु।

काठमाडौँ जिल्ला अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले गायिका एलिना चौहान र उनका श्रीमान् बिष्णु सापकोटाबीच सम्बन्धविच्छेद हुने गरी मिलापत्र भएको जानकारी दिए।

प्रकाशित : माघ २९,२०८१              ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA