भाषा सम्बन्ध व्यवस्था गर्न अब आउने विधेयकमा थारु सहित छुटेका अन्य सबैको सम्मान हुने : मुख्यमंत्री सिंह JCNEPAL MEDIA

फाल्नु ०२,२०८१ / जेसी नेपाल संवाददा

मुख्यमन्त्री सतीशकुमार सिंहले मधेश प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्ध व्यवस्था गर्न आउने विधेयकले सबैको सम्मान हुने गरि आउने बताएका छन् ।

जनकपुरधाममा बिहीबार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ र थारु कल्याणकारी सभाको सह– आयोजनामा भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले मधेश प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धी परामर्श गोष्ठीमा सबै भाषाको सम्मान हुने गरी प्रदेशको कामकाजको भाषा तय गरिने बताए । उनले प्रदेश सभामा विगतमा पेश गरिएको विधेयकमा सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक मा विवाद देखिएकाले विधेयक फिर्ता लिने काम भएको र अव आउने विधेयकमा थारु सहित छुटेका अन्य केही भाषाहरू समावेश गरेर विधेयक प्रदेश सभामा ल्याइने बताए ।

उनले आइटिको विकासका लागि विधेयकमा हिन्दी भाषा राख्न सरकार बाध्य भएको बताउँदै आईटीका लगानी कर्ता तथा ठूला व्यक्तिहरू भारतका भएकाले प्रदेशमा आईटीको क्षेत्रमा लगानी भित्र्याउन र नेपाली तथा स्थानीय भाषा नबुझ्नेका बीचमा सम्पर्क भाषाको रुपमा हिन्दीलाई सरकारी कामकाजको भाषाको रुपमा समेट्नु जरुरी भएको बताए । गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले मधेशमा बोलिने भाषा मध्ये थारु सहितका भाषाहरू सरकारी कामकाजको भाषाको रुपमा समावेश हुनु पर्ने विषयमा शुरु देखि नै आवाज उठाउँदै आएको बताए । उनले मधेश प्रदेशबाट प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा पेश भएको विधेयक त्रुटिपूर्ण भएको भन्दै शुरु देखि नै आफू मन्त्री भएर पनि विरोध गर्दै आएको बताउँदै थारु माथि हुँदै आएको विभेदका विषयमा थारुहरू २००५ देखि नै आन्दोलन गर्दै आएको इतिहास भएको बताए ।

राष्ट्रिय थारु आयोगका अध्यक्ष विष्णु प्रसाद चौधरीले नेपालमा विभिन्न भाषा र संस्कृतिको सम्मानका लागि नै संघीय शासन प्रणाली आएको बताउँदै अहिले मुलुकमा सङ्घीयतालाई बलियो बनाउने गरि शासन प्रणाली अगाडि बढेको बताए । उनले भाषा आयोगले नेपाली सहित मधेश प्रदेशमा मैथिली, भोजपुरी तथा बज्जिका भाषा बढी बोलिने भाषा भएको सिफारिस गरेपनि अन्य भाषाहरूलाई कामकाजको भाषाको रुपमा राख्न नहुने मान्यता नभएको बताए ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ललितपुरका उपाध्यक्ष रेशम गुरुको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेश सभाका सदस्यहरु बेची लुङ्गेली, विमला अन्सारी, ललिता विद्रोही, रामअशिष यादव, राजेन्द्र चौधरी, नीति तथा योजना आयोगका सदस्य डा. रिना यादव र कमल प्रसाद राजवंशी सहितले सरकारी कामकाजको भाषामा थारु सहित अन्य भाषाहरू राखिएको थियो ।

प्रकाशित : फाल्नु ०२,२०८१             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA