रूकुम पश्चिम पुगेर प्रचण्डविरुद्ध खनिए जनार्दन : JCNEPAL MEDIA

फाल्नु ०२,२०८१ / जेसी नेपाल संवाददा

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पालामा कर्णालीका भूकम्प पीडितहरुलाई झुक्याइएको टिप्पणी गरेका छन् । आज ९बिहीबार० जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्ड नेतृत्वको सरकारको पालामा भूकम्प पीडितहरुको आवास निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग दिने भनिएपनि त्यो मौखिकमात्रै भएको बताएका हुन् ।

प्रचण्ड नेतृत्वको सरकारले त्यो निर्णय गरेको कुनैपनि कागजातहरु फेला नपरेको उनको भनाइ छ । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले अहिले ४ लाख रुपैयाँ दिने भनि निर्णय गरेको पनि उनले सुनाए । उनले भने, ‘हुन त अघिल्लो सरकारले हामीलाई ५ लाखको घोषणा गरेको थियो घर बनाउने । ५ लाखले एउटा छाप्रो बनाउँला भन्ने आशा थियो । तर, त्यो हामीले डकुमेन्ट खोजेर कहीँ पनि भेटेनौं । मौखिक रुपमा रहेछ, त्यो लिखित कुरा भेटिएन । अहिलेको सरकारले चार लाख भनेर निर्णय गर्दिएको छ ।

एक लाख त हाम्रो घट्यो । त्यसमा पनि हामीले प्रश्न त उठाएका छौं । यसबाट हामीले एउटा छाप्रो बनाएर पुनर्निर्माणको प्रक्रियालाई अगाडि बढाउनुपर्ने छ । अब त्यसको तयारीमा यहाँहरु लाग्नुहुन अनुरोध गर्न चाहन्छु ।’ अघिल्लो सरकारमा कर्णालीबाटै निर्वाचित मन्त्री ९शक्तिबहादुर बस्नेत० पनि सहभागी रहेपनि भूकम्प पीडितहरुको पक्षमा कुनै काम हुन नसकेको उनले टिप्पणी गरे । अहिलेको सरकारले कमसेकम कार्यविधि टुङ्ग्याएको भन्दै उनले अब पूनर्निर्माणको काम अगाडि बढ्ने विश्वास दिलाए । ‘हारगुहार नगरेको होईन, अघिल्लो सरकारमा हाम्रो वरिपरीका मन्त्री हुनुहुन्थ्यो । मन्त्रीहरुलाई छिटो तयार गर्दिन भनियो । अहिले पनि मन्त्रीज्यूहरुलाई भनेको छ । अहिले कमसेकम कार्यविधि टुङ्गिएको छ,’– उनले भने । उपमहासचिव शर्माले पार्टीले दलित, महिला, जनजाति, पहिचान र संस्कृतिका मुद्दा छाडेकाले आफैंभित्र रुपान्तरण हुनुपर्छ भन्ने मुद्दा पार्टीभित्र आफूले उठाएका पनि उनले बताए ।

आफूले उठाएको मुद्दामा ५ महिनासम्म पार्टीभित्र बहस चलेर केही समय अघिको केन्द्रीय समितिको बैठकले स्वीकार गरेको उनले बताए । पार्टी अध्यक्ष प्रचण्डतर्फ लक्षित गर्दै उनले दुई चार जना आशेपासे र अन्धभक्तहरु बोकेर समाजवादको यात्रा तय गर्न नसकिने बताए । समाजवादको यात्रा तय गर्न माओवादी घटकहरुबीचको एकता अपरिहार्य रहेको उनले बताए । आफूले व्यक्तिगत रुपमा समेत नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई एकताको लागि आग्रह गरेको पनि उनले बताए । ‘माओवादी भन्ने, माओवादीमात्रै भएर हुँदैन । अरुलाई पनि लिएर व्यापक जनताको तागतमा समाजवादमा जान सकिन्छ । समाजवादमा जाने एक्लैदुक्लै हुँदैन । दुई चार जना आशेपासे र अन्धभक्तहरु बोकेर समाजवाद हुँदैन । समाजवादको लागि सबै विचारलाई फुल्न दिनुपर्छ,’– उनले भने ।

प्रकाशित : फाल्नु ०२,२०८१          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बृहत्तर क्षेत्रका अध्यक्ष शीतल साहविरुद्ध पक्राउ पुर्जी जारी : जनकपुर JCNEPAL MEDIA

सर्लाहीकाे मलंगवामा भन्सार गाडीमाथि महिला तस्करको आक्रमण :JCNEPAL MEDIA

विद्युत प्राधिकरणको लापर्वाहीले करेन्ट लागेर ११ केभीमा काम गर्दै गरेका मदजुरको मृत्यु : काभ्रे JCNEPAL MEDIA

विद्युत प्राधिकरणको लापर्वाहीले करेन्ट लागेर ११ केभीमा काम गर्दै गरेका मदजुरको मृत्यु : काभ्रे JCNEPAL MEDIA

टेरामक्स प्रकरणमा ३ अर्ब २१ करोड बढी भ्रष्टाचार, पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर : JCNEPAL MEDIA

पाकिस्तानमा विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान बन्द : JCNEPAL MEDIA