शोरुमबाट गाडी चोरेको आरोपमा एक जना पक्राउ : विराटनगर JCNEPAL MEDIA

फाल्नु ०२,२०८१ / जेसी नेपाल संवाददा

विराटनगर : विराटनगरमा गाडी शोरुमको शिसा फुटाएर नयाँ गाडी चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। शुक्रबार बिहान करिब सवाँ २ बजे विराटनगरको कञ्चनबारी ३ स्थित पूजा इन्टरनेशनल नेपाल प्रालीको शोरुमबाट बा. ०१३० च ८५८१ नम्बरको टाइगुन गाडी चोरेको आरोपमा मोरङ प्रहरीले विराटनगर- ४ इक्राहीका मन्तोष विनलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण चिमरियाले जानकारी दिए ।

२४ वर्षीय विन सुनसरीको गढी गाँउपालिका- ४ का हुन् । प्रहरीका अनुसार गाडीसहित विनलाई सुनसरीको इनरुवाबाट नियन्त्रणमा लिएको हो । गाडी लिएर जाने क्रममा पेट्रोल सकिएपछि प्रहरीको टोलीले गाडीसहित विनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान शोरुमको अगाडीपट्टीको शिशा फुटाएर पेट्रोल इन्जिन भएको नयाँ गाडी चोरी गरिएको हो । शो रुमको शिशा फुटाउन सानो क्रंक्रिटको ब्लक प्रयोग भएको प्रहरीले जनाएको छ ।

शोरुममा एउटा मात्र गाडी रहेको र शोरुमभित्र रहेको अन्य सामाग्री भने नहराएको शो रुमका सहायक सेल्स म्यानेजर इन्द्र श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार शो रुममा सधै गाडीसँगै चाबी राखिएको हुँदा चोरलाई समेत सहज भएको हो । यद्यपि, चोरी भएको १२ घण्टाभित्र चोरलाई समेत पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । चोरी भएको घटनासँगै प्रहरीले शोरुममा रहेको सिसिटीभी फुटेजबाट अनुसन्धान सुरु गरेको थियो । जहाँ प्रहरीले चोरी गर्दै गरेको भिडियो समेतको अध्ययन गरेको थियो ।

त्यसलगत्तै प्रहरीले सीमाक्षेत्रमा कडाइ गर्दै विभिन्न नाकामा चेकजाच बढाएको थियो । चोरी भएको गाडी।

प्रकाशित : फाल्नु ०२,२०८१           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

प्रहरी पोशाक खरिदमा नयाँ मोड : स्वयं खरिद प्रणाली लागू गर्ने सरकारको तयारी : JCNEPALMEDIA

एमाले पुनर्गठनका लागि लुम्बिनीमा संकलन गरिँदै सुझाव : JCNEPALMEDIA

पासपोर्ट छपाइको जिम्मा पाएको जर्मन कम्पनीका नेपाल प्रतिनिधि मनेन्द्र मल्ल पक्राउ : JCNEPALMEDIA

परराष्ट्र मन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता : JCNEPALMEDIA

मधेस प्रदेशका अर्थमन्त्रीले वाचन गरेको बजेट र मन्त्रालयगत बजेटमा ८ अर्ब भन्दा बढीको फरक : JCNEPALMEDIA