शोरुमबाट गाडी चोरेको आरोपमा एक जना पक्राउ : विराटनगर JCNEPAL MEDIA

फाल्नु ०२,२०८१ / जेसी नेपाल संवाददा

विराटनगर : विराटनगरमा गाडी शोरुमको शिसा फुटाएर नयाँ गाडी चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। शुक्रबार बिहान करिब सवाँ २ बजे विराटनगरको कञ्चनबारी ३ स्थित पूजा इन्टरनेशनल नेपाल प्रालीको शोरुमबाट बा. ०१३० च ८५८१ नम्बरको टाइगुन गाडी चोरेको आरोपमा मोरङ प्रहरीले विराटनगर- ४ इक्राहीका मन्तोष विनलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण चिमरियाले जानकारी दिए ।

२४ वर्षीय विन सुनसरीको गढी गाँउपालिका- ४ का हुन् । प्रहरीका अनुसार गाडीसहित विनलाई सुनसरीको इनरुवाबाट नियन्त्रणमा लिएको हो । गाडी लिएर जाने क्रममा पेट्रोल सकिएपछि प्रहरीको टोलीले गाडीसहित विनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान शोरुमको अगाडीपट्टीको शिशा फुटाएर पेट्रोल इन्जिन भएको नयाँ गाडी चोरी गरिएको हो । शो रुमको शिशा फुटाउन सानो क्रंक्रिटको ब्लक प्रयोग भएको प्रहरीले जनाएको छ ।

शोरुममा एउटा मात्र गाडी रहेको र शोरुमभित्र रहेको अन्य सामाग्री भने नहराएको शो रुमका सहायक सेल्स म्यानेजर इन्द्र श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार शो रुममा सधै गाडीसँगै चाबी राखिएको हुँदा चोरलाई समेत सहज भएको हो । यद्यपि, चोरी भएको १२ घण्टाभित्र चोरलाई समेत पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । चोरी भएको घटनासँगै प्रहरीले शोरुममा रहेको सिसिटीभी फुटेजबाट अनुसन्धान सुरु गरेको थियो । जहाँ प्रहरीले चोरी गर्दै गरेको भिडियो समेतको अध्ययन गरेको थियो ।

त्यसलगत्तै प्रहरीले सीमाक्षेत्रमा कडाइ गर्दै विभिन्न नाकामा चेकजाच बढाएको थियो । चोरी भएको गाडी।

प्रकाशित : फाल्नु ०२,२०८१           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बृहत्तर क्षेत्रका अध्यक्ष शीतल साहविरुद्ध पक्राउ पुर्जी जारी : जनकपुर JCNEPAL MEDIA

सर्लाहीकाे मलंगवामा भन्सार गाडीमाथि महिला तस्करको आक्रमण :JCNEPAL MEDIA

विद्युत प्राधिकरणको लापर्वाहीले करेन्ट लागेर ११ केभीमा काम गर्दै गरेका मदजुरको मृत्यु : काभ्रे JCNEPAL MEDIA

विद्युत प्राधिकरणको लापर्वाहीले करेन्ट लागेर ११ केभीमा काम गर्दै गरेका मदजुरको मृत्यु : काभ्रे JCNEPAL MEDIA

टेरामक्स प्रकरणमा ३ अर्ब २१ करोड बढी भ्रष्टाचार, पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर : JCNEPAL MEDIA

पाकिस्तानमा विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान बन्द : JCNEPAL MEDIA