लेबनानमा नेपाली शान्ति सैनिकमाथि आक्रमण : JCNEPAL MEDIA

फाल्नु ०३,२०८१ / जेसी नेपाल संवाददा

लेबनानको राजधानी बेरुत नजिक संयुक्त राष्ट्र संघको मिसनका डेपुटी फोर्स कमाण्डर नेपाली सेनाका उपरथी चोक बहादुर ढकाल सवार कन्भोयलाई उत्तेजित प्रदर्शनकारीले आक्रमण गरेको छ ।

नेपाली सेनाका अनुसार गएराती भएको आक्रमणमा उपरथी ढकाल घाइते भएका छन् । घटना पश्चात उनलाई तत्कालै उद्धार गरी युएन लेभल ३ हस्पिटल बेरुत पुर्‍याइएको थियो । अस्पतालले हाल उनी खतरामुक्त रहेको जनाएको छ । डेपुटी फोर्स कमाण्डर, आफ्नो कार्यकाल पुरा गरेर स्वदेश फर्कने क्रममा रहेका थिए । घटना बारे युनिफिल मिसन हेडक्वार्टरले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिण लेबनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिक माथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ ।

शान्ति सैनिक माथि भएको यस किसिमको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र सङ्घले लेबनानी सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेको छ ।

प्रकाशित : फाल्नु ०३,२०८१            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA