विमानस्थलको शौचालयमा १ सय २५ ग्राम सुन बेबारिसे : भैरहवा JCNEPAL MEDIA

फाल्नु ०७,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयबाट १ सय २५ ग्राम सुन बरामद भएको छ।

मंगलबार दिउँसो विमानस्थलको आगमन टर्मिनल भवनको प्रवेशद्वार नजिकै महिला शौचालयबाट वेवारिसे अवस्थामा सुन बरामद भएको प्रहरीले जानकारी दिएको छ। रियाज अहमद नाउको नाममा जारी भएको गोल्डेन स्टोन न्यू ज्वेलरीको बिलसहित सुनजस्तो देखिने पहेलो रंगको धातुले बनेको दुई थान सिक्री बरामद भएको प्रहरीले जानकारी दिएको छ।

बरामद सिक्री गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको छ। यसबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित : फाल्नु ०७,२०८१                 ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA