सिरहा बलात्कार घटनामा चारवटा मुद्दामा पञ्चसहित ८ जनाविरुद्ध किटानी जाहेरी : इप्रका लहान JCNEPAL MEDIA

फाल्नु ०८,२०८१ / जेसी नेपाल संवाददाता

मधेस प्रदेश : सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनामा चारवटा मुद्दामा ८ जनाविरुद्ध पूरक जाहेरी परेको छ । पीडित परिवारले बिहीबार इलाका प्रहरी कार्यालय, लहानमा उक्त जाहेरी पेस गरेका हुन् ।

पीडित परिवारका अनुसार कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चार शीर्षकमा पूरक जाहेरी दिइएको छ । जसमा सामूहिक बलात्कारमा संलग्न तीन जना र गाउँमै मिलाउन खोज्ने ५ जना पञ्च गरी ८ जनालाई किटान गरिएको छ । पीडित परिवारबाट आएको पूरक जाहेरी आफूहरूले राखेको र घटनाको विषयमा सूक्ष्म अनुसन्धान भइरहेको लहानका प्रहरी प्रमुख डीएसपी विष्णुप्रसाद सोतीले बताए ।

यस घटनाका विषयमा आएका तमाम कुरामाथि हामीले गहिरो अनुसन्धान गरिरहेका छौं : उनले भने । पूरक जाहेरी आएपछि अब हामीलाई झन् सहज हुन्छ । गत माघ २७ गते राति शौच गर्न बािि निस्केकी रिंकु स्थानीय तीन युवाबाट सामूहिक बलात्कारमा परेकी थिइन् । उनी भोलिपल्ट बिहान रुँदै घर पुगेकी थिइन् । तर, वडासदस्यसहितका स्थानीयको संलग्नतामा २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो ।

प्रकाशित : फाल्नु ०८,२०८१             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मोदी सत्तामाथि प्रश्न : तीन अनुहार, तीन शैली JCNEPALMEDIA

धनुषामा झिझिया हेर्न गएकी १७ वर्षीया राखीको लास पोखरीमा भेटियो, हत्याकाे आशंका : JCNEPAL MEDIA

भारतकाे चम्पारणमा चोरीका ५९ मोबाइल कारसहित वीरगंजकी टिकटाेकर दीपमाला पटेललगायत भारतमा ५ जना पक्राउ : JCNEPAL MEDIA

जनकपुर-१८ भाेइलकी 'सान्वी मण्डल' जितिन् 'मिस वेलनेस वर्ल्ड २०२६' को ताज, पैतृक गाउँमाभव्य स्वागत : JCNEPAL MEDIA

ओली-उपेन्द्र यादव बीच भेटवार्ता, काँग्रेस नेतृत्वको सरकार ढालेर जसपा नेपाल नेतृत्वमा सरकार बन्ने पका : JCNEPAL MEDIA

एमालेकाे चार मन्त्रीले दिए राजीनामा, सरकार बाट समर्थन फिर्ता : JCNEPAL MEDIA