सिरहा बलात्कार घटनामा चारवटा मुद्दामा पञ्चसहित ८ जनाविरुद्ध किटानी जाहेरी : इप्रका लहान JCNEPAL MEDIA

फाल्नु ०८,२०८१ / जेसी नेपाल संवाददाता

मधेस प्रदेश : सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनामा चारवटा मुद्दामा ८ जनाविरुद्ध पूरक जाहेरी परेको छ । पीडित परिवारले बिहीबार इलाका प्रहरी कार्यालय, लहानमा उक्त जाहेरी पेस गरेका हुन् ।

पीडित परिवारका अनुसार कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चार शीर्षकमा पूरक जाहेरी दिइएको छ । जसमा सामूहिक बलात्कारमा संलग्न तीन जना र गाउँमै मिलाउन खोज्ने ५ जना पञ्च गरी ८ जनालाई किटान गरिएको छ । पीडित परिवारबाट आएको पूरक जाहेरी आफूहरूले राखेको र घटनाको विषयमा सूक्ष्म अनुसन्धान भइरहेको लहानका प्रहरी प्रमुख डीएसपी विष्णुप्रसाद सोतीले बताए ।

यस घटनाका विषयमा आएका तमाम कुरामाथि हामीले गहिरो अनुसन्धान गरिरहेका छौं : उनले भने । पूरक जाहेरी आएपछि अब हामीलाई झन् सहज हुन्छ । गत माघ २७ गते राति शौच गर्न बािि निस्केकी रिंकु स्थानीय तीन युवाबाट सामूहिक बलात्कारमा परेकी थिइन् । उनी भोलिपल्ट बिहान रुँदै घर पुगेकी थिइन् । तर, वडासदस्यसहितका स्थानीयको संलग्नतामा २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो ।

प्रकाशित : फाल्नु ०८,२०८१             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेश सरकारले मन्त्रालयकाे संख्या घटाउदै ,१२ मन्त्रालयबाट ९ मा झार्ने तयारी : JCNEPALMEDIA

देवानगञ्ज घटनापछि सद्भाव कायम गर्न प्रशासनको नयाँ पहल : JCNEPALMEDIA

देवानगञ्ज घटनापछि सद्भाव कायम गर्न प्रशासनको नयाँ पहल : JCNEPALMEDIA

कप्तानगन्ज हिंसात्मक घटनामा प्रहरीले अनुसन्धान तीव्रगतिमा गर्दै : JCNEPALMEDIA

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ : JCNEPALMEDIA

२ किशोरीलाई गेस्ट हाउसमा लगेर बलात्कार गरेको आरोपमा २ युवक पक्राउ : JCNEPALMEDIA