विदेह नगरपालिकाका ८३ कर्मचारीलाई अधिकृत साहले एकै पटक बर्खास्त गरेपछि : JCNEPAL MEDIA

फाल्नु १२,२०८१/ जेसी नेपाल संवाददाता

जनकपुरधाम : धनुषाको विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र कुमार साहले करारका कर्मचारीहरुमाथि कैँची चलाएपछि विवाद सृजना भएको बताईएको छ । विगत केही दिनदेखि विदेह नगरपालिकामा एक तर्फ अधिकृत साह र अर्को तर्फ नगरपालिकाको सम्पूर्ण कर्मचारी एकजुट भएको खैलाबैला विभिन्नि सँचारमाध्यममा रमिते बनेको छ ।

नगर प्रमुख बेचन दाससँग भएको लफडापछि अधिकृत साहले गत माघ २८ गते नगरपालिकाभित्र कार्यरत कर्मचारीहरुको काम कारवाहीमाथि प्रश्न उठाउँदै कारवाही गरेका छन् । कार्य सम्पादन ढिलो भएपछि कारवाही गरेपछि कर्मचारीहरु उनको विरुद्धमा उत्रेका छन् । डोर हाजिरी, करारका कर्मचारी, विभिन्न शाखाका कर्मचारीहरुको कार्य सम्पादन खराब भएको भन्दै उनले एकै पटक दर्जन बढी कर्मचारीमाथि कारवाहीको कैँची चलाएपछि बाँकी कर्मचारीहरु अधिकृत साहको विरुद्ध भएका छन् ।

आईतबार कार्यालय प्रवेश गर्न गएका अधिकृतलाई सोही कर्मचारीहरुले नाराबाजी गर्दै फिर्ता जान भने । समाजिक सँजालमा अधिकृत साहले काम नगर्ने कर्मचारीहरुलाई कारवाही गर्नु अपराध हो र ? भनेर प्रश्न तेर्साएको छ । यसलाई राजनीतिकरण समेत भनिएको छ । केही कर्मचारीहरुले अधिकृत साहको बोली बचन ठाडो र कडा भएपछि कर्मचारीहरुले आन्दोलनमा उत्रेको बताएका छन् ।

यद्यपी, मेयर दास र अधिकृत साहबीचको टशनले विदेह नगरपालिकामा अवरोध सृजना भएको हो । एकातर्फ मेयरसहित कर्मचारीहरु छन् भने अर्का तर्फ एक्लै अधिकृत साह अडिएका छन् । कर्मचारीहरुमा मेयरको त्रास देखिएको छ ।

प्रकाशित : फाल्नु १२,२०८१ शाेमवार            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

नवनियुक्त उपाध्यक्ष र सदस्यले लिए शपथ : राष्ट्रिय योजना आयोग JCNEPAL MEDIA

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहलाई अदालतले चारदिनकाे म्याद थपगरे : JCNEPAL MEDIA

पर्साका एसपी भट्टका घुमुवा रामराज हेडक्वार्टर तानिए, भट्टलाई पनि स्पष्टीकरण : JCNEPAL MEDIA