विदेह नगरपालिकाका ८३ कर्मचारीलाई अधिकृत साहले एकै पटक बर्खास्त गरेपछि : JCNEPAL MEDIA

फाल्नु १२,२०८१/ जेसी नेपाल संवाददाता

जनकपुरधाम : धनुषाको विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र कुमार साहले करारका कर्मचारीहरुमाथि कैँची चलाएपछि विवाद सृजना भएको बताईएको छ । विगत केही दिनदेखि विदेह नगरपालिकामा एक तर्फ अधिकृत साह र अर्को तर्फ नगरपालिकाको सम्पूर्ण कर्मचारी एकजुट भएको खैलाबैला विभिन्नि सँचारमाध्यममा रमिते बनेको छ ।

नगर प्रमुख बेचन दाससँग भएको लफडापछि अधिकृत साहले गत माघ २८ गते नगरपालिकाभित्र कार्यरत कर्मचारीहरुको काम कारवाहीमाथि प्रश्न उठाउँदै कारवाही गरेका छन् । कार्य सम्पादन ढिलो भएपछि कारवाही गरेपछि कर्मचारीहरु उनको विरुद्धमा उत्रेका छन् । डोर हाजिरी, करारका कर्मचारी, विभिन्न शाखाका कर्मचारीहरुको कार्य सम्पादन खराब भएको भन्दै उनले एकै पटक दर्जन बढी कर्मचारीमाथि कारवाहीको कैँची चलाएपछि बाँकी कर्मचारीहरु अधिकृत साहको विरुद्ध भएका छन् ।

आईतबार कार्यालय प्रवेश गर्न गएका अधिकृतलाई सोही कर्मचारीहरुले नाराबाजी गर्दै फिर्ता जान भने । समाजिक सँजालमा अधिकृत साहले काम नगर्ने कर्मचारीहरुलाई कारवाही गर्नु अपराध हो र ? भनेर प्रश्न तेर्साएको छ । यसलाई राजनीतिकरण समेत भनिएको छ । केही कर्मचारीहरुले अधिकृत साहको बोली बचन ठाडो र कडा भएपछि कर्मचारीहरुले आन्दोलनमा उत्रेको बताएका छन् ।

यद्यपी, मेयर दास र अधिकृत साहबीचको टशनले विदेह नगरपालिकामा अवरोध सृजना भएको हो । एकातर्फ मेयरसहित कर्मचारीहरु छन् भने अर्का तर्फ एक्लै अधिकृत साह अडिएका छन् । कर्मचारीहरुमा मेयरको त्रास देखिएको छ ।

प्रकाशित : फाल्नु १२,२०८१ शाेमवार            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मुस्ताङमा भन्सार छलेर ल्याइएका ८ कन्टेनर प्रहरीको फन्दामा : JCNEPALMEDIA

देशभरका प्रहरी हिरासतमा सीसीटिभी क्यामेरा अनिवार्य गर्न माग गरिएको रिटमा सरकारको नाममा कारण देखाऊ आदेश : JCNEPALMEDIA

२२४ यात्रु बोकेर उडिरहेको इन्डिगो विमानको इन्जिन आकाशमै फेल, मच्चियो हंगामा : JCNEPALMEDIA

सिंहदरबारमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता : JCNEPALMEDIA

कप्तानगन्ज हिंसात्मक घटनामा प्रहरीले अनुसन्धान तीव्रगतिमा गर्दै : JCNEPALMEDIA

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ : JCNEPALMEDIA