विदेहका विवादित हाकिम साहलाई सरुवा भएको ठाउँमै जान उच्च अदालतको आदेश : JCNEPAL MEDIA

फाल्नु १४,२०८१/ जेसी नेपाल संवाददाता

विदेह नगरपालिकाका ईन्जिनीयर दीपेन्द्र कुमार साहलाई सरुवा गरिएको ठाउँमा हाजिर हुन उच्च अदालत जनकपुरले अन्तरिम आदेश गरेको छ । उच्च अदालतमा विदेह नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत साहले नगरपालिकाको कार्यालय र विदेह नगरपालिकाका मेयर बेचन दासविरुद्ध दिएको रिट खारेज गरेको छ ।

मँगलबार उच्च अदालत जनकपुरले साहले दिएको रिट खारेज गरेको हो । साहले जिल्ला प्रशासन कार्यालय धनुषामा भएको छलफलको सम्बन्धमा समेत उच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटमाथि मँगलबार भएको सुनुवाईको क्रममा न्यायधीशद्धय श्रीकान्त पौडेल र गीता प्रसाद तिमिल्सीनाको सँयुक्त इजलासबाट रिटमाथि सुनुवाई भएपछि रिट अपुग भएको भन्दै खारेज गरेको हो ।

यस सन्दर्भमा विदेह नगरपालिकाका मेयर बेचन दासले धनुषा क्षेत्र नम्बर २ का केही क्षेत्रीय नेताहरूको उस्काहटमा न्यायपालिकालाई गुमराह गर्ने उद्देश्यले दर्ता गरिएको उक्त रिटलाई अदालतले अस्वीकार गरेको प्रतिक्रिया दिए । “यो निर्णयले सत्य र न्यायको जीत भएको पुष्टि गरेको छ। मेयर बेचन दासले यसलाई ऐतिहासिक कदमको रूपमा लिँदै भने, “हामी सधैं सत्यको पक्षमा दृढताका साथ उभिनेछौं।”– उनले भने ।

अदालतको निर्णयअनुसार ई. दिपेन्द्र साहलाई सरुवा गरिएको स्थानमा हाजिर हुन निर्देशन दिइएको छ। उनलाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रकाशित : फाल्नु १४,२०८१ बुधबार           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA