पुर्व राजा ज्ञानेन्द्र शाहलाई मैले खासै महत्त्व दिन्नँ, देशमा राजतन्त्र फर्किने कुरा असम्भव छ : प्रचण्ड JCNEPAL MEDIA

फाल्नु १४, २०८१ / जेसी नेपाल संवाददा

विराटनगर : पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो ०८४ सालमा नेपाली कांग्रेससँग माओवादीको चुनावी गठबन्धन नहुने बताएका छन् । बुधबार प्रेस सेन्टर मोरङद्वारा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले यी दुई दलबीच कुनै प्रकारका चुनावी गठबन्धन नहुने दोहोर्‍याएका हुन् ।

पत्रकार सम्मेलनका क्रममा अध्यक्ष दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहको भनाईप्रति आफूले कुनै महत्त्व नदिएको बताए । ‘त्यो पूर्वराजा (ज्ञानेन्द्र शाह)लाई मैले कुनै महत्त्व दिएको छैन,’उनले भने,’मानिसहरुले प्रतिक्रिया दिइरहेका छन् । किन भने इतिहासबाट धेरै अघि बढिसक्यो । उनलाई कसैले बोल्न लगाएका होलान् । जसले स्वार्थसिद्ध नजिक बसेर पाउँला भन्ठानेर अघि बढाएका होला । त्यसको केही अर्थ छैन । यो देशमा फेरि राजतन्त्र फर्किने भन्ने कुरा असंभव छ ।’ पार्टीभित्र आन्तरिक मनमुटाव केही नभएको बताउँदै अध्यक्ष दाहालले पार्टी एकबद्ध नै रहेको प्रस्टाए ।

उनले भने,’मैले भन्या छु एकताबद्धनै छ । तपाईँहरुले देख्नु भयो केन्द्रीय समितिको बैठक भयो । तीन दिनसम्म भएको बैठकमा हामीले झण्डै एकहजार केन्द्रीय समितिका सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट बस्दा सबैको एकमतले डकुमेन्ट, योजना पास भएको छ । हाम्रो पार्टीमा विवाद छैन भन्ने आधार त्यही भयो नि । यद्यपि, जारी जनतासँग माओवादी जागरण अभियानको पहिलोदिन झापाको खबरदारी सभामा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मन्चबाटै बोल्न समय कम पाएकोमा असन्तुष्टि ब्यक्त गरेका थिए । माओवादी बढेको मन नपराउनेहरुको एक थरिले पार्टीभित्र विवाद कायम रहेको भ्रम छरिरहेको बताउँदै अध्यक्ष दाहालले भने,’नोकरशाही, दलाल, जाली-फटाहहरुलाई माओवादी बढेको मन परेको छैन ।

फेरि माओवादीहरु बढ्ने हो कि क्या हो भन्ने पर्या हुनाले भएको नभएको बढाई चढाइ गरेका छन् । तर तथ्यले के पुष्टि गरेको छ भने, केन्द्रीय समिति एकमतमा छौं । अहिले हामी सबैसँगै हिँडेका छौँ । जनतालाई देखाएका छौँ । वर्तमान सरकारको विषयमा अध्यक्ष दाहालले सरकार गठननै अस्वाभाविक, अप्राकृतिक र कृतिम रहेको बताए । उनले भने,’अहिलेको सरकार आफ्नै बोझले दबिन्छ भन्ने हो । सो विषयमा सैद्धान्तिक कुरा गरेको हो । उनीहरु ०८४ सम्म बसेपनि हामीलाई कुनै टेन्सन तनाव छैन । हामी हाम्रो वर्ग, मुद्दा र जनतातिर जान्छौँ । त्यसकारण अहिले सरकार ढाल्ने र सरकार बनाउने खेलमा विल्कुलै छैनौँ । माओवादी अहिले सरकारमा जान लालयित छैन ।

प्रकाशित : फाल्नु १४,२०८१ बुधवार         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बृहत्तर क्षेत्रका अध्यक्ष शीतल साहविरुद्ध पक्राउ पुर्जी जारी : जनकपुर JCNEPAL MEDIA

सर्लाहीकाे मलंगवामा भन्सार गाडीमाथि महिला तस्करको आक्रमण :JCNEPAL MEDIA

विद्युत प्राधिकरणको लापर्वाहीले करेन्ट लागेर ११ केभीमा काम गर्दै गरेका मदजुरको मृत्यु : काभ्रे JCNEPAL MEDIA

विद्युत प्राधिकरणको लापर्वाहीले करेन्ट लागेर ११ केभीमा काम गर्दै गरेका मदजुरको मृत्यु : काभ्रे JCNEPAL MEDIA

टेरामक्स प्रकरणमा ३ अर्ब २१ करोड बढी भ्रष्टाचार, पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर : JCNEPAL MEDIA

पाकिस्तानमा विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान बन्द : JCNEPAL MEDIA