श्रीमानसंग मिलेर प्रेमीको हत्या, आरोपमा प्रेमिका महिला पक्राउ, श्रीमान विदेश फरार : JCNEPAL MEDIA

फाल्नु १५,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : धनुषा प्रहरीले एक युवकको हत्या आरोपमा एक महिलालाई पक्राउ गरेको छ । धनुषा जिल्लाको कमला नगरपालिका-६ सिग्याही मडान निवासी ३३ वर्षीय शहिद अन्सारीको हत्याको आरोपमा २४ वर्षीया अनिताकुमारी यादव पक्राउ परेकी छिन्। मृतक अन्सारीकी श्रीमती अजिमा खातुनको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले यादवलाई मिथिला बिहारी नगरपालिका-६ सिरसिया टोलस्थित उनको घरबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनाको जानकारी गराएको छ। गत पुस ४ गते मिथिला बिहारी नगरपालिका-२ पुरनदाहा टोलस्थित जनकपुर-धनुषाधाम सडकखण्डमा रहेको खैरा खोलाको पुलमुनी अन्सारीको निधार तथा घाँटी रेटिएको अवस्थामा शव फेला परेको थियो। शव बोराभित्र बाँधिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा मृतक अन्सारी र अनिताकुमारी यादवबीच साढे दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको खुल्न आएको छ। मृतक अन्सारी कतारमा रहँदा बेला-बेला अनितालाई आर्थिक सहयोग समेत गर्ने गरेको खुलेको धनुषा प्रहरीका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए। अनिताका श्रीमान् राजकिशोर यादवको समेत हत्यामा संलग्नता रहेको अनुसन्धानबाट खुलेको छ।

राजकिशोर गत मंसिर १५ गते साउदीबाट नेपाल फर्किएका थिए। अनिताले अन्सारीलाई उनकी श्रीमती बिरामी रहेको झुटो खबर दिई कतारबाट नेपाल बोलाएकी थिइन्। अन्सारी मंसिर २६ गते नेपाल फर्केका थिए।मंसिर २७ गते अनिताले अन्सारीलाई आफ्नै घरमा बोलाइन्। उनले श्रीमान् राजकिशोरसँग मिलेर अन्सारीलाई सुत्ने कोठामा बन्धक बनाई बन्चरो प्रहार गरी हत्या गरेको खुलेको छ। घटना लगत्तै राजकिशोर साउदी फर्किएका थिए।

उनलाई नेपाल फर्काउन आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

प्रकाशित : फाल्नु १५,२०८१ विहिवार        ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA