तपाईं कहिल्यै युद्ध जित्न सक्नुहुन्न भनेपछि ट्रम्प-जेलेन्स्की वार्ता नोकझोँकमा परिणत : JCNEPAL MEDIA

फाल्नु १७,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच भएको भेटवार्ता नोकझोँकमा परिणत भएको छ । ह्वाइट हाउसमा भएको भेटमा ट्रम्पले जेलेन्स्कीलाई उनको व्यवहार र कार्यशैलीबारे चेतावनी दिएका छन् । जेलेन्स्कीलाई ट्रम्पले भनेका छन् : तपाईंको व्यवहार सम्झौता गर्नेजस्तो छैन ।

ख्याल गर्नुहोला, रुससँग युक्रेनले युद्धमा कहिल्यै जित्न सक्दैन। वार्ताकै क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनमा ठूलो समस्या भएको र त्यसलाई जित्न जेलेन्स्कीले नसक्ने दाबी गरेका थिए । तर अमेरिकाको साथमा भए त्यो समस्याबाट निस्कने मौका रहेको उनको भनाइ थियो । हामीले तपाईंलाई ३५० अर्ब डलर दिएका छौं । हामीले सैन्य उपकरणहरू दिएका छौं । यदि हामीले सैन्य सहायता नदिएको भए यो युद्ध दुई हप्तामा समाप्त हुने थियो : ट्रम्पले भनेका छन् । उनले जेलेन्स्कीलाई युद्ध बिरामको मनसाय छ कि छैन ? भन्दै प्रश्न गरेका थिए । यदि मैले तपाईं दुवै जना (रुस र युक्रेन) लाई बीचमा ल्याइन भने तपाईंहरू कहिले डिल गर्न सक्नुहुन्न । तपाईं पुटिनलाई घृणा गर्नुहुन्छ ।

अर्को पक्षको बारेमा पनि मनपर्ने केही छैन । यदि तपाईं मलाई कडा बन्न चाहनुहुन्छ भने, म संसारमा अरू कसैभन्दा कडा हुन सक्छु । तर तपाईंले यसरी सम्झौता गर्न सक्नुहुन्न : ट्रम्पको भनाइ थियो । जवाफमा जेलेन्स्कीले पनि आफूहरू युद्धविरामको पक्षमा रहेको बताएका छन् । ‘हामी पनि युद्धविराम चाहन्छौं,’ उनको भनाइ थियो । अमेरिका र रुसका प्रतिनिधिले हालै रुस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि वार्ता गरेका थिए । भेटका क्रममा अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले पनि जेलेन्स्कीलाई ‘अनादर’ गर्ने व्यक्ति रहेको टिप्पणी गरेका थिए । जेलेन्स्कीले भेन्सको उक्त भनाइप्रति लक्षित गर्दै प्रश्न उठाएपछि तनाव सुरु भएको थियो ।

प्रकाशित : फाल्नु १७,२०८१ शनिबार         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मुस्ताङमा भन्सार छलेर ल्याइएका ८ कन्टेनर प्रहरीको फन्दामा : JCNEPALMEDIA

देशभरका प्रहरी हिरासतमा सीसीटिभी क्यामेरा अनिवार्य गर्न माग गरिएको रिटमा सरकारको नाममा कारण देखाऊ आदेश : JCNEPALMEDIA

२२४ यात्रु बोकेर उडिरहेको इन्डिगो विमानको इन्जिन आकाशमै फेल, मच्चियो हंगामा : JCNEPALMEDIA

सिंहदरबारमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता : JCNEPALMEDIA

कप्तानगन्ज हिंसात्मक घटनामा प्रहरीले अनुसन्धान तीव्रगतिमा गर्दै : JCNEPALMEDIA

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ : JCNEPALMEDIA