महिनाथपुरका शस्त्र प्रहरी डिएसपी रिजाल तस्करी गराइरहेको मेयर दासले लगाए आरोप : JCNEPAL MEDIA

फाल्नु २०,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : सशस्त्र प्रहरी महिनाथपुर गुल्मका ईन्चार्ज डिएसपी सुुरज रिजालले तस्करी गराइ रहेको आरोप लागाएका छन । धनुषा विदेह नगरपालिकाका मेयर बेचन दासले डिएसपी रिजालले पावर प्रयोग गरी आम सर्वसाधारणलाई दुःख दिने गरेको आरोप लगाएका छन् ।

मेयर दासले तस्करीका समानहरु निर्वाध आएपनि दैनिक घरायसी प्रयोजनका समान ल्याउने सर्वसाधारणलाई दुःख दिन थालेको आरोप लगाएका छन् । उनले गाउँमा सिसिटिभी क्यामेरा लगाएर अनाहक निगरानी बढाएकोप्रति आक्रोस पोख्दै सर्वसाधारण तर्साउन मात्र खोजेको आरोप लगाए । उनले भने–“म विदे नगरपालिकाका मेयर हुँ, म यहाँको प्रमुख हुँ, मेरो वडाहरु मेरो मातहतमा छ । कहाँ के गर्नुपर्छ त्यो हाम्रो सरोकारको विषय हो ।

हामीसँग कुनै अनुमति नै नलिई क्यामेरा जडान गर्नु उपयुक्त होईन, यसले आम सर्वसाधारणले विरोध जनाएको छ ।” ठुल ठुला तस्करहरुको लाखौँको समान पास भएपनि साना तिना सर्वसाधारणलाई तेल नुनको लागि रोकेर १० रुपैयाँ ५० रुपैयाँ लिने गरेको आरोप लगाए । उनले ठुला तस्करलाई बचाउनको लागि आम सर्वसाधारणलाई दुःख दिएको बताए । उनले डिएसपी रिजालले आफ्नो हठ नत्यागे यहाँका आम जनता सशक्त हुने चेतावनी समेत दिए ।

प्रकाशित : फाल्नु २०,२०८१              ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बसन्त कुँवर चैत ४ गतेबाट अनिवार्य अवकाश हुदै , नयाँ आइजीपीमा कसले मार्ला बाजी ? : JCNEPAL MEDIA

मस्कको इन्टरनेट कम्पनी स्टारलिंकको भारतीय बजारमा प्रवेश, एयरटेलसँग सम्झौता : JCNEPAL MEDIA

कल्भट मुनि पानिमा युवकको लास फेला, हत्या गरी फालिएको आशंका : जनकपुर JCNEPAL MEDIA

रवि लामिछाने अदालतमा हाजिर नभएको बखत अपार्टमेन्टमा फिल्म हेर्न र अस्पतालतिर टह्लिन व्यस्त : JCNEPAL MEDIA

जिल्ला प्रहरी परिसर काठमाडौं द्वारा क्रिप्टोकरेन्सी कारोबारी लुट्ने ३ प्रहरीसहित ६ जना परे पक्राउ : JCNEPAL MEDIA

तपाईं कहिल्यै युद्ध जित्न सक्नुहुन्न भनेपछि ट्रम्प-जेलेन्स्की वार्ता नोकझोँकमा परिणत : JCNEPAL MEDIA