रवि लामिछाने अदालतमा हाजिर नभएको बखत अपार्टमेन्टमा फिल्म हेर्न र अस्पतालतिर टह्लिन व्यस्त : JCNEPAL MEDIA

फाल्नु २५,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : राप तापका साथ बेथितिको विषय उठान गरी राजनीतिमा दुई बर्षमा नै जरा गाडी स्थापित हुने लहरमा रहेका रास्वपा सभापति रवि लामिछानेको ‘खरायो गति’लाई मूलधारका राजनीतिक दलका नेताले सुस्त बनाइदिएका छन्। प्रतिनिधि सभामा लामिछाने नेतृत्वको रास्वपाका २० सांसदले सवाल त उठाउँछन् तर गर्जनशुन्य र नुर हराएका सांसद जस्ता देखिन्छन्। रविको उपस्थिति र उनको भाषण नै लोभलाग्दो र प्रभावकारी रहने गरेको थियो। तर, अन्य सांसदचाहिँ ‘केटाकेटी आए गुलेली खेलाए मट्याङ्ग्राको सत्यानाश’ जसरी प्रस्तुत भैरहेका छन्।

रास्वपाका नेताले लामिछानेको निलम्बनका विषयमा कानुनी लडाई लड्ने उद्घोष गरेका थिए तर त्यो ज्यूँका त्यूँ छ। खासगरी उपसभापति स्वर्णिम वाग्लेले सदन खुलेको १८ माघमा त्यसो भनेका थिए। अहिलेसम्म रास्वपा रविको सांसद पदको निलम्बन फुकुवाको रिट लिएर अदालत पुगेको छैन। सामाजिक सञ्जालदेखि सदन र सडकमा हुँकार छाड्ने रवि सहकारी प्रकरणका अभियोगमा अदालतको हाजिरी जमानी र उच्च अदालतमा पनि निवेदन दिएका कारण बोलिरहेका छैनन्। मानौ, रवि लामिछाने एक्कासी मौन बस्दा फरक परिदृश्यको देश देखिएको छ। एक दशक लामो सञ्चारकर्ममा साताका चार दिन र सामाजिक सञ्जाललगायतका कार्यक्रममा उनको तिव्र गतिको वाचनशैलीले सबैको मन जितेको थियो।

तर, जीबी राईसँगको संगत र महत्वकांक्षाले उनलाई अहिले यसै चुप्प लगाएको छ। हालै मात्र रास्वपा केन्द्रीय सदस्य ज्वाला संग्रौलाले लामिछानेको तस्बिर सार्वजनिक गरेकी थिइन्। ओम अस्पताल चाबहिलको उक्त तस्बिर सार्वजनिक भएको थियो। रविको दैनिकी कसरी बितिरहेको छ त? भन्ने चासोबारे उनीनिकट स्रोतले भन्यो,पार्टीका नेता कार्यकर्तासँग कहिलेकाहीँ अनौपचारिक भेट हुन्छ। नत्र अपार्टमेन्टमा फिल्म हेर्ने, पुस्तक पढ्ने गर्नुहुन्छ। ओम अस्पतालको उच्च स्रोतका अनुसार सातामा चार दिनसम्म पनि आउने र आफ्ना उच्च रक्तचापदेखि मौसमी फ्लुका विषयमा जाँच गराउने अनि कर्मचारीसँग कुराकानी गरेर पनि समय बिताउने गर्नुहुन्छ। यसबाहेक उनी पत्नी निकितासँगै अदालतको हाजिरी बुझ्न पुग्ने गरेका छन्। उनीविरुद्ध जिल्ला अदालत कास्की, काठमाडौं जिल्ला अदालत, रुपन्देही र चितवनमा पनि हाजिरी जमानी दिनुपर्ने हुन्छ। ‘महिनामा एक पट ति अदालत पुग्नुपर्ने हुन्छ : रविनिकट स्रोतले भन्यो।

प्रकाशित : फाल्नु २५,२०८१            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA