गोलबजारको होटेलहरुमा भइरहेको यौनधन्दा विरूध प्रहरीले कडाई गर्दा ईन्पेक्टर साहविरुद्ध मोर्चाबन्दी : JCNEPAL MEDIA

फाल्नु २७,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : सिरहा प्रमुख शहरहरुमध्येको गोलबजारको होटलहरुमा यौनधन्दा फस्टाएपछि कडाई गरेका ईलाका प्रहरी कार्यालय गोलबजारका ईन्सपेक्टर गोविन्द प्रसाद साहविरुद्ध केही होटल सँचालकहरु मोर्चाबन्दी गरेका छन् । गोलबजारको दर्जन बढी गेष्ट हाउस र होटलमा यौनधन्दा हुन थालेपछि ईलाका प्रहरी कार्यालय गोलबजारका ईन्सपेक्टर गोविन्द साहले कडाई गर्न थालेका छन् ।

गैर–समाजिक कार्य भएकोले र छेउछाउमा विद्यालयहरु भएकोले बजार क्षेत्रमा यस्ता क्रियाकलाप नगर्न निर्देशन दिएपछि ईन्स्पेक्टर साहविरुद्ध केही बिचौलियाहरु लागेको बताईएको छ । गोलबजार क्षेत्रमा भारतबाट ल्याउने भन्सार छलीको समानहरुमा निरन्तर कडा निगरानी गरेपछि ईन्सपेक्टर साहलाई फँसाउन त्यहाँका केही व्यापारीहरु सक्रिय भएका छन् । बिलेकियाहरुलाई असहज भएपछि केही सँचारमाध्यममा ईन्सपेक्टर साहविरुद्ध भ्रामक आरोप लगाउन थालेको स्थानीय व्यापारीहरु बताउँछन् । केही सँचारमाध्यममा ईन्सपेक्टर साहले एक सर्वसाधारणसँग एक मुद्दामा ३५ हजार रुपैयाँ र आईफोन खोसेको आरोपप्रति खण्डन गर्दै ईन्सपेक्टर साहले मिडियामा आएको कुरा एकतर्फा र मानसिक कुण्ठा मात्र रहेको बताए । उनले केही व्यक्तिलाई स्वार्थ पुरा नभएपछि मिथ्या तथ्य फैलाएकोप्रति आपत्ति जनाए ।

सँचारमाध्यमहरुमा आएको लहानका पँकज साहसँग रकम लिएको र आईफोन खोसेको सन्दर्भमा पँकजका बुवाले त्यस्तो केही नरहेको प्रतिउत्तर दिए । उनले भने : सोना मुद्दा थियो, मसँग पैसा मागेको होईन, छोराको मोबाईल पनि लिनुभएको छैन, अब कसले के भनिदियो हामीलाई थाहा भएन । हामीलाई पेल्न इन्सपेक्टर साहेबको नाम पत्रिकाहरुमा राखियो । ईन्सपेक्टर साहेब त्यस्तो केही गर्नुभएन्, झूठ किन बोल्नु ? गोलबजारमा तस्करी र बिलेकियागिरी गरेर कर छलीका धन्दा चलाउने बिलेकियाहरु अहिले ईन्सपेक्टर साहविरुद्ध एकजुट भएका छन् । सरकारलाई जाने राजश्व चुहाबट रोक्न खोजेपछि र बजार क्षेत्रमा मौलाएको यौनधन्दा रोक्न खोजेपछि बिचौलियाहरु ईन्सपेक्टर साहविरुद्ध एकजुट भएका छन् ।

प्रकाशित : फाल्नु २७,२०८१                  ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA