भन्सार छलेको समानसहित पक्राउ : राैतहट JCNEPAL MEDIA

फाल्नु २७,२०८१/ जेसी नेपाल संवाददाता

रौतहट : रौतहट प्रहरीले मंगलबार भारतबाट अवैध रुपमा भित्र्याएका समानसहित एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरीका साथै मातहतबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा सवारी रोकी जाँच गर्ने क्रममा अवैध रुपमा भारतबाट भन्सार छलेर ल्याउँदै गरेको मोटरसाइकलको पार्टपुर्जा, लत्ताकपडा, किराना पसलका सामान फेला पारेको हो ।

बिआर ३० एक्स २४०७ र बिआर ०५ जेड ७२६८ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा राखेर ल्याउँदै गरेको अवस्थामा समानसहित गौर नगरपालिका–४ टिकुलियाका २५ वर्षीय भोला साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरीका डीएसपी दीपकुमार रायले जानकारी दिए ।

प्रहरीलाई देख्नासाथ अर्का एकजना फरार भएका थिए ।

प्रकाशित : फाल्नु २७,२०८१            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA