भन्सार छलेको समानसहित पक्राउ : राैतहट JCNEPAL MEDIA

फाल्नु २७,२०८१/ जेसी नेपाल संवाददाता

रौतहट : रौतहट प्रहरीले मंगलबार भारतबाट अवैध रुपमा भित्र्याएका समानसहित एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरीका साथै मातहतबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा सवारी रोकी जाँच गर्ने क्रममा अवैध रुपमा भारतबाट भन्सार छलेर ल्याउँदै गरेको मोटरसाइकलको पार्टपुर्जा, लत्ताकपडा, किराना पसलका सामान फेला पारेको हो ।

बिआर ३० एक्स २४०७ र बिआर ०५ जेड ७२६८ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा राखेर ल्याउँदै गरेको अवस्थामा समानसहित गौर नगरपालिका–४ टिकुलियाका २५ वर्षीय भोला साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरीका डीएसपी दीपकुमार रायले जानकारी दिए ।

प्रहरीलाई देख्नासाथ अर्का एकजना फरार भएका थिए ।

प्रकाशित : फाल्नु २७,२०८१            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA