कल्भट मुनि पानिमा युवकको लास फेला, हत्या गरी फालिएको आशंका : जनकपुर JCNEPAL MEDIA

फाल्नु २७,२०८१/ जेसी नेपाल संवाददाता

जनकपुरको नदीमा एक युवकको लास फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १८ भोयलस्थित हुलाकी मार्गमा पर्ने कलभर्टमुनी लास फेला परेको हो । भोयलचोकदेखि लगत्तै पूर्व रहेको हुलाकी मार्गको कलभर्टमुनी युवकको लास देखेपछि स्थानीयहरुले प्रहरीलाई खवर गरेको थियो । भोयल गाउँको पूर्व रहेको मोड बाटोस्थितको कलभर्टमुनी सडेगलेको अवस्थामा लास देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार लासको प्रकृति हेर्दा अन्दाजी ४० वर्षीय पुरुष रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए । उनका अनुसार घटनास्थलबाट केही शंकास्पद सामानहरू पनि बरामद भएको छ । शवको प्रकृति हेर्दा कसैले हत्या गरेर फालेको हुन सक्ने आशंका प्रहरीको छ ।

घटना स्थलबाट फुल पैन्ट लगायत पर्स र भारतीय पैसा पनि फेला परेकाे छ । घटनास्थलबाट मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी सिंहले बताए ।

प्रकाशित : फाल्नु २७,२०८१         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA

भारतमा अभिनेता थलापति विजयको र्‍यालीमा भएको भागदौडमा ३६ जनाको मृत्यु : JCNEPAL MEDIA

जनप्रतिनिधिहरु बीचको आपसी विबाद र बजेट भागबन्डामा कुरा नमिल्दा औरही गाउँसभा अन्याेलमा: धनुषा JCNEPAL MEDIA

प्रम कार्की आयोगले जेनजी आन्दोलनबारे छानबिनको काम थाल्यो : JCNEPAL MEDIA