होलीमा २४ जना प्रहरी नियन्त्रणमा, १४३ सवारीसाधन ‘होल्ड’ : काठमाडौं JCNEPAL MEDIA

फाल्नु २९,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : होली मनाउने क्रममा उच्छृंखल गतिविधि गरेको भन्दै प्रहरीले काठमाडौंबाट २४ जनालाई नियन्त्रणमा लिएको छ । होलीलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न र गराउनका लागि बिहीबार काठमाडौंमा ट्राफिक र जनपद गरी दुई हजार सात सय बढी प्रहरी परिचालन भएका थिए ।

अपराह्न ४ बजेसम्म २४ जना पुरूषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए । उनका अनुसार प्रहरीले नियन्त्रणमा लिएका सबै पुरूष छन् । त्यस्तै चारपांग्रे र दुई पांग्रे गरी १४३ वटा सवारी साधनलाई होल्ड गरिएको एसपी बोहराले जानकारी दिए । तीमध्ये ९९ सवारीसाधनलाई होल्डमै राखेर बाँकीलाई प्रक्रिया पुर्‍याएर छाडिएको एसपी बोहराले बताए ।

होल्डमा रहेका १३८ दुई पांग्रेमध्ये ४२ वटा सवारी साधन छाडिएको छ भने ५ वटा चार पांग्रे सवारी साधनमध्ये एउटा मात्रै छाडिएको छ । बाँकी सवारी साधनलाई प्रक्रिया पुर्‍याएर साँझसम्म छाड्ने जनाइएको छ । ‘लाइसेन्स नभएका छन् भने लाइसेन्स भएका उनीहरूका आफन्तलाई र मापसे गरेका छन् भने नगरेकाहरूलाई बोलाउन लगाएर सवारी साधन जिम्मा लगाएर छाडिन्छ,’ एसपी बोहराले भने । नियन्त्रणमा लिइएका मानिसहरूलाई पनि बेलुकासम्म छाडिने उनले बताए ।

प्रकाशित : फाल्नु २९,२०८१          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA