२५ हजार रुपियाँ धरौटी राख्न नसक्दा मोरङ कारागारमा थुनिएका एक थुनुवाको मृत्यु : पाेखरा JCNEPAL MEDIA

चैत्र ०३,२०८१/ जेसी नेपाल संवाददाता

पाेखरा : मोरङ कारागारमा शनिबार दिउसो एक थुनुवाको मृत्यु भएको छ।

आफ्नै घरमा आगो लगाएको आरोपमा अदालतको आदेशले मोरङ कारागारमा बन्दी जीवन बिताइरहेका मोरङको पथरीशनिश्चरे नगरपालिका–४ की ३८ वर्षीय जेठा भनिने जितबहादुर देवानको शनिबार मृत्यु भएको हो । आफ्नै घरमा आगो लगाएको ‘आपराधिक उपद्रो मुद्दा’मा मोरङ जिल्ला अदालतले गत मंसिर २३ गते अभियुक्त जेठा भनिने जितबहादुर देवानलाई २५ हजार रुपियाँ धरौटी लिई तारेखमा छाड्न आदेश दिएको थियो।

तर उनले अदालतले तोकेको धरौटी बुझाउन नसक्दा मोरङ कारागारमा बन्दी थिए। मोरङ कारागारका अनुसार हातखुट्टा नचल्ने समस्या देखिएपछि देवानलाई उपचारका लागि फागुन २९ गते कोशी अस्पतालमा भर्ना गरिएकोमा उपचारको क्रममा उनको शनिबार अपराह्न मृत्यु भएको हो ।

प्रकाशित : चैत्र ०३,२०८१                ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA