२५ हजार रुपियाँ धरौटी राख्न नसक्दा मोरङ कारागारमा थुनिएका एक थुनुवाको मृत्यु : पाेखरा JCNEPAL MEDIA

चैत्र ०३,२०८१/ जेसी नेपाल संवाददाता

पाेखरा : मोरङ कारागारमा शनिबार दिउसो एक थुनुवाको मृत्यु भएको छ।

आफ्नै घरमा आगो लगाएको आरोपमा अदालतको आदेशले मोरङ कारागारमा बन्दी जीवन बिताइरहेका मोरङको पथरीशनिश्चरे नगरपालिका–४ की ३८ वर्षीय जेठा भनिने जितबहादुर देवानको शनिबार मृत्यु भएको हो । आफ्नै घरमा आगो लगाएको ‘आपराधिक उपद्रो मुद्दा’मा मोरङ जिल्ला अदालतले गत मंसिर २३ गते अभियुक्त जेठा भनिने जितबहादुर देवानलाई २५ हजार रुपियाँ धरौटी लिई तारेखमा छाड्न आदेश दिएको थियो।

तर उनले अदालतले तोकेको धरौटी बुझाउन नसक्दा मोरङ कारागारमा बन्दी थिए। मोरङ कारागारका अनुसार हातखुट्टा नचल्ने समस्या देखिएपछि देवानलाई उपचारका लागि फागुन २९ गते कोशी अस्पतालमा भर्ना गरिएकोमा उपचारको क्रममा उनको शनिबार अपराह्न मृत्यु भएको हो ।

प्रकाशित : चैत्र ०३,२०८१                ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA