दक्षिण अमेरिकामा भयानक आँधी आए पछि कम्तीमा २० जनाको मृत्यु : JCNEPAL MEDIA

चैत्र ०३,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : दक्षिण अमेरिकामा भयानक आँधी आएको छ । यसमा कम्तीमा २० जनाको मृत्यु भएको छ । तीमध्ये १२ जना मिसौरीका छन् । बीबीसीका अनुसार आँधीले दक्षिण–पूर्वी राज्यहरूमा ठूलो क्षति पु¥याएको छ । धेरै सवारीसाधन पल्टिएका छन् भने धेरै घरमा क्षति पुगेको छ ।

टेक्सासमा आँधीका कारण कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ओक्लाहोमा र अर्कान्सासमा पनि जनधनको क्षति भएको खबर छ । ट्र्याकर पावरआउटेजका अनुसार शनिबार दिउँसो (स्थानीय समय) ६ राज्यका २ लाख ४० हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध भएको छ । प्रभावित राज्य टेक्सास, मिसौरी र इलिनोइस छन् ।

मध्य मिसिसिपी, पूर्वी लुइसियाना र पश्चिमी टेनेसीका लागि गम्भीर मौसम चेतावनी जारी गरिएको छ । साथै अलाबामा र अर्कान्सासका केही भागमा पनि बाढीको चेतावनी जारी गरिएको छ । राष्ट्रिय मौसम सेवाले यो अचानक आएको बाढीले ज्यान गुमाउन सक्ने जनाएको छ । यसअघि शनिबार बिहान सेन्ट्रल मिसिसिपीमा आँधीका कारण उच्च सतर्कता जारी गरिएको थियो ।

प्रकाशित : चैत्र ०३,२०८१                   ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहलाई अदालतले चारदिनकाे म्याद थपगरे : JCNEPAL MEDIA

पर्साका एसपी भट्टका घुमुवा रामराज हेडक्वार्टर तानिए, भट्टलाई पनि स्पष्टीकरण : JCNEPAL MEDIA

बहुविवाहको आरोपमा डिएसपी मधु नेपाल पक्राउ : JCNEPAL MEDIA