रेसुङ्गा क्याम्पसको स्ववियुमा सबै पदमा निर्विरोध : गुल्मी JCNEPAL MEDIA

चैत ०३,२०८१/ जेसी नेपाल संवाददाता

गुल्मी : तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को कमिटी नै निर्विरोध भएको छ । स्ववियु सभापतिमा सुदीप खत्री निर्विरोध निर्वाचित भएका छन् । नेविसंघका खत्री नेतृत्वमा सबै पदमा निर्विरोध निर्वाचित भएको रेसुङ्गा बहुमुखी क्याम्पसका उपप्राध्यापक निर्वाचन अधिकृत गोपालप्रसाद पाण्डेले बताए ।

सचिवमा अनेरास्ववियुका निशान टण्डन, कोषाध्यक्षमा नेविसंघका विश्वास बञ्जाडे निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरुमा नेविसंघबाट अनिता पाण्डे, खुमबहादुर खत्री, अनेरास्व्वियु क्रन्तिकारीबाट सागर सुनार, अनेरास्ववियुबाट सन्तोष भण्डारी, नेविसंघबाट सुश्मा पन्थी निर्विरोध निर्वाचित भएका हुन् ।

समानुपातिक तर्फ नेविसंघबाट सुशिल पन्थी र विशाल पाण्डे, अनेरास्वुवियुबाट अस्मिता सदा, विनिता कार्की र मुनाल अधिकारी, अनेरास्ववियु क्रान्तिकारीबाट प्रियांक पन्थी, र अमृता सुनार निर्विरोध निर्वाचित भएका छन् । क्याम्पसमा क्रियाशील संगठनले तालमेल गरेर उम्मेदवारी दिएपछि सबै निर्विरोध निर्वाचित भएका हुन् । क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित खत्री यसअघि सचिव थिए ।

प्रकाशित : चैत ०३,२०८१                   ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

प्रहरी पोशाक खरिदमा नयाँ मोड : स्वयं खरिद प्रणाली लागू गर्ने सरकारको तयारी : JCNEPALMEDIA

एमाले पुनर्गठनका लागि लुम्बिनीमा संकलन गरिँदै सुझाव : JCNEPALMEDIA

पासपोर्ट छपाइको जिम्मा पाएको जर्मन कम्पनीका नेपाल प्रतिनिधि मनेन्द्र मल्ल पक्राउ : JCNEPALMEDIA

मधेस सरकारद्वारा चालु आवको ११ महिनामा पुँजीगत खर्च १३.७६ प्रतिशत : JCNEPALMEDIA