१५ क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया अघि बढाउन टीयूको निर्देशन JCNEPAL MEDIA

चैत ०४,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौ - त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले १५ वटा आंगिक क्याम्पसलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ। आज आइतबार त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले स्ववियु निर्वाचन रोकिएका ती क्याम्पसका प्रमुखलाई पत्र पठाएर निर्वाचन प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका हुन्।

उनले ती क्याम्पस प्रमुखलाई सम्बद्ध पक्षसँग समझदारी गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन्। निर्देशन दिएकामध्ये उपत्यकाका ६ र उपत्यकाबाहिरका ९ आंगिक क्याम्पस छन्। त्रिविका सबै आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा चैत ५ गते स्वविुय निर्वाचनसम्पन्न गर्नुपर्नेमा त्यस क्याम्पसमा केकति कारणले निर्वाचन प्रक्रिया अगाडि बढ्न नसकेको हो? सदस्यसचिव अधिकारीले जारी गरेको पत्रमा प्रश्नसहित भनिएको छ, ‘सम्बद्ध पक्षसँग समझदारी गरी जुन अवस्थामा र प्रक्रियामा रोकिएको हो, सोही अवस्था र प्रक्रियाबाट स्ववियु निर्वाचन कार्य तत्कालै अगाडि बढाउन निर्देशन गरिन्छ।’ उपत्यकामा विश्वविद्यालय क्याम्पस कीर्तिपुर, सरस्वती बहुमुखी क्याम्पस सोह्रखुट्टे, पब्लिक युथ क्याम्पस धोबीचौर, शंकरदेव क्याम्पस पुतलीसडक, नेपाल ल क्याम्पस र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अगाडि बढेको छैन।

यस्तै, उपत्यकाबाहिरका सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगर, सुर्खेत बहुमुखी क्याम्पस सुर्खेत, बुटवल बहुमुखी क्याम्पस बुटवल, भैरहवा बहुमुखी क्याम्पस भैरहवा, पक्लिहवा बहुमुखी क्याम्पस पक्लिहवा, तेह्रथुम बहुमुखी क्याम्पस चौहारडाँडा, रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुर, वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर र कृषि क्याम्पस खैरहनीमा पनि प्रक्रिया अगाडि बढेको छैन। त्रिविअन्तर्गतका आंगिक क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पसमा मंगलबार (चैत ५)का लागि एकैदिन स्ववियु निर्वाचन घोषणा गरिएको छ।

प्रकाशित : चैत ०४,२०८१                ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

जनकपुरमा बालेन सरकारविरुद्ध सुकुम्बासीहरूले प्रदर्शन गर्दै गुठीको माँगे लालपूर्जा : JCNEPAL MEDIA

ललितपुर महानगरपालिकामा बुधबार सार्वजनिक बिदा : JCNEPAL MEDIA

पाठ्यपुस्तकमा व्यापक कालोबजारी, तर सरकार बने मुखदर्शक : JCNEPALMEDIA

करार शिक्षक तथा कर्मचारी नियुक्ति प्रक्रियामा सर्वोच्चको अन्तरिम आदेश : शहीदनगर नगरपालिका

जनकपुरमा किशोरीलाई बन्धक बनाएर ७ दिनसम्म बलात्कार, अवस्था चिन्ताजनक : JCNEPAL MEDIA

राराब क्याम्पसमा BBA परीक्षार्थी र क्याम्पस प्रशासनबीचकाे विवादले केही विद्यार्थी हरू परिक्षाबाट बन्चित : JCNEPAL MEDIA