मलद्धारमा प्रहरीको गोली लागेका घाईते सँतोषलाई जनकपुरमा उपचार सम्भव नभएपछि हेलिकप्टरबाट काठमान्डौँ रिफर : JCNEPAL MEDIA

चैत ०४,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौ धनुषाको सबैला नगरपालिका वडा नम्बर ९ भठिहनमा जातको नामले बोर्ड लगाउन भएको विवादमा एक युवक पिसिलिएका छन् । जातको राजनीतिको जँजीरमा फँसेर एक युवकले जीवन र मृत्यूसँग लडिरहेका छन् ।

जातीय चोक बनाउने विषयमा उत्पन्न विवादको क्रममा प्रहरीमाथि ढुँगामुढा गरेपछि प्रहरीले चलाएको गोली लागेर घाईते भएका सँतोष यादवलाई काठमान्डौँ रिफर गरिएको छ । शहीदनगर नगरपालिका वडा नम्बर १ कुम्भकर्णका संतोष यादवलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई काठमाडौँ पठाइएको हो।

विवाद सबैला नगरपालिकामा भएपनि उनी शहिदनगर नगरपालिकाबाट जातको हिसाबले ढुँगामुढा गर्न गएको प्रहरीले जनाएको छ । जातीय झगडा भएको भन्दै उनी अर्को गाउँबाट ढुँगामुढा गर्न गएपछि प्रहरीले गोली चलाउँदा मलद्धारमै गोली लागेको हो ।

उनी सख्त घाईते भएका छन् ।

प्रकाशित : चैत ०४,२०८१               ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA