कैलालीका ७ क्याम्पसकाे मतपरिणाम सार्वजनिक हुँदा एमाले निकट अनेरास्ववियु निल : स्ववियु निर्वाचन JCNEPAL MEDIA

चैत ०६,२०८१/ जेसी नेपाल संवाददाता

धनगढी : कैलालीमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)काे नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएका ७ क्याम्पसकाे अन्तिम मतपरिणाम सार्वजनिक भएकाे छ । सार्वजनिक परिणामअनुसार नेपाली कांग्रेस सम्बद्ध नेविसंघले चार क्याम्पस र माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले तीन क्याम्पसमा बिजय भएकाे छ ।

तर नेकपा एमाले निकट अनेरास्ववियुले कुनै पनि क्याम्पसमा विजय हुन सकेन । सामाजिक सञ्जालमा पछ्याउनुहोस् नेविसंघले प्यानलसहित धनगढीकाे फूलबारी बहुमुखी क्याम्पसमा (भुवन जाेशी), भजनीकाे माेहन्याल बहुमुखी (झंकर बुढा), जाेशीपुरकाे रघुनाथ बहुमुखी क्याम्पसमा (रञ्जित परियार) र टिकापुरकाे बिरेन्द्र बहुमुखी क्याम्पसमा (गाेपाल खत्री) जितेकाे छ ।मतगणना जारी रहेकाे धनगढीकाे ऐश्वर्य बहुमुखी क्याम्पसमा पनि नेबिसंघकै अग्रता रहेकाे छ ।

यस्तै, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले लम्की बहुमुखी क्याम्पस (तपेद्र प्याकुरेल), बुलबुले बहुमुखी क्याम्पसमा(विवेक चाैधरी) र सुखडकाे राष्ट्रिय कलेजमा (सुन्दर गाैतम ) जितेकाे छ । चाैमाला बहुमुखी क्याम्पसकाे सभापतिमा भने नेविसंघका दिलबहादुर ताम्राकार र स्वतन्त्र उम्मेदवार याेगेन्द्र कुमार जाेशीले १५५ बराबर ल्याएका छन् । त्यहाँ नेविसंघले पुन:मतगणना हुनुपर्ने माग गरेकाे छ । घाेडाघाेडी बहुमुखी क्याम्पस र बर्दगाेरिया बहुमुखी क्याम्पसमा भने तालाबन्दीका कारण स्ववियु चुनाव हुन सकेकाे छैन ।कञ्चनपुरका ६ क्याम्पसमा भएकाे स्ववियु चुनावकाे अन्तिम मतपरिणाम पनि सार्वजनिक भएको छ । तिमध्ये चार क्याम्पसमा नेपाली कांग्रेस निकट नेविसंघ र दुई क्याम्पसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विजयी भएकाे छ ।

दोधाराचाँदनीको भानु बहुमुखी क्याम्पस, बेलडाँडीको रौलेश्वर आदर्श, बेलौरीको महाकाली बहुमुखी, पुनर्वासको जनता बहुमुखी, कलकत्ताको रामपुर बहुमुखी क्याम्पस र गुलरियाको कञ्चन बहुमुखी क्याम्पसमा भएको चुनावको परिणाम सार्वजनिक भएको हो । ती मध्ये नेपाल विद्यार्थी संघले जनता बहुमुखी क्याम्पस(विकास खड्का) प्यानलसहित, बेलडाँडीको रौलेश्वर आदर्श बहुमुखी क्याम्पस(मोहन जैसी), दोधारा चाँदनीको भानु बहुमुखी क्याम्पस(सुवास नेगी) प्यानलसहित,र कञ्चन बहुमुखी क्याम्पसमा (सुनिल ऐर) जितेकाे छ ।

यस्तै, बेलौरीको रामपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी( रविना राना) प्यानलसहित र बेलाैरीकै महाकाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका दीपक चौधरी निर्वाचित भएका छन् । केही क्याम्पसमा विवादका कारण स्ववियु निर्वाचन हुन सकेकाे छैन ।

प्रकाशित : चैत ०६,२०८१              ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मंत्री यादव र वीरगञ्ज प्रमुख सिंहलाई ज्यान मार्ने धम्की दिने युवती प्रहरी नियन्त्रणमा : JCNEPAL MEDIA

राराब कलेजमा सँयुक्त विद्यार्थी संगठनको आन्दोलन : जनकपुर JCNEPAL MEDIA

पाकिस्तानमा ३० रुपैयाँका कारण झगडा हुँदा दुई दाईभाइको हत्या : JCNEPAL MEDIA

शिक्षकलाई कुटपिट गरेका वडाध्यक्ष कुशवाहालाई पार्टीको निलम्बन पछि प्रहरीले गरे पक्राउ : JCNEPAL MEDIA

रौतहटमा दिनदहाडै छुरा प्रहार, १८ वर्षीय युवकको मृत्यु : JCNEPAL MEDIA

जनकपुरका वकिल र पत्रकार मिले, दुवै पक्षबीचको विवाद मिलापमा टुंगियो : JCNEPAL MEDIA