धनुषामा प्रहरीमाथि नै आक्रमणकाे प्रयासपछि हवाई फायर : JCNEPAL MEDIA

चैत ०८,२०८१/ जेसी नेपाल संवाददाता

धनुषामा प्रहरीले हवाई फायर गरेको छ । धनुषाको मुखियापट्टि मुसर्निया गाउँपालिका– ६ स्थित भन्सार छलीको सामान नियन्त्रणमा लिन खोज्दा हवाई फायर भएको हो ।

प्रहरीमाथि नै आक्रमण प्रयास गरेपछि एक राउन्ड हवाइ फायर गरेको धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले जानकारी दिए । स्थानीय भजु यादवको घरबाट प्रहरीले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा आक्रमण प्रयास गरेका थिए । त्यसपछि प्रहरीले आत्मरक्षाको लागि एक राउन्ड हवाइ फायर गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले जानकारी दिए ।

हवाई फायरपछि तस्करहरू भागेको र घरबाट १४ बोरा भन्सार छलीका सामान बरामद गरिएको उनले बताए ।

प्रकाशित : चैत ०८,२०८१                     ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहलाई अदालतले चारदिनकाे म्याद थपगरे : JCNEPAL MEDIA

पर्साका एसपी भट्टका घुमुवा रामराज हेडक्वार्टर तानिए, भट्टलाई पनि स्पष्टीकरण : JCNEPAL MEDIA

बहुविवाहको आरोपमा डिएसपी मधु नेपाल पक्राउ : JCNEPAL MEDIA