धनुषाको बेलापट्टी स्कूलमा विकासले गरे एक जना विद्यार्थीमाथि छुरा प्रहार : JCNEPAL MEDIA

चैत ०८,२०८१/ जेसी नेपाल संवाददाता

धनुषाको एक सरकारी स्कूलमा एक विद्यार्थीमाथि छुरा प्रहार भएको छ । धनुषाको नमुना उच्च मावि गिद्धा बेलापट्टि स्कूलमा अध्ययनरत धनुषाको कमला नगरपालिका वडा नम्बर ३ लगमा बस्ने राजाराम मण्डलका १२ बर्षिय छोरा दिपेश मण्डलमाथि छुरा प्रहार भएको हो ।

स्कूलको अँग्रेजी माध्यमतर्फ कक्षा ५ मा अध्ययनरत दिपेशमाथि सोही कक्षामा पढने विदेह नगरपालिकाको बफै बस्ने उमेश मण्डलका १२ बर्षिय छोरा विकास मण्डलले छुरा प्रहार गरेको जनाईएको छ । कक्षा समाप्त भएपछि बाहिर निस्केका दिपेशलाई विकासले घाँटीमा छुरा हान्ने प्रयास गरेका थिए । उनलाई टाउको बचाएपछि छुरा काँध (बाहु) मा लागेको छ । छुरा प्रहारबाट दिपेश घाईते भएका छन् ।

कक्षामा भएको समानय विवादपछि विकासले छुरा प्रहार गरेको दिपेशका काका धनिराम मण्डलले जानकारी दिए । उनका अनुसार, कक्षाकोठामा भएको समान्य भनाभनपछि विकासले उनलाई छुरा हानेको हो । आरोपित विकास फरार छन् भने दिपेशलाई थप उपचारको लागि जनकपुर लगिएको हो ।

प्रकाशित : चैत ०८,२०८१                   ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA