धनुषाको बेलापट्टी स्कूलमा विकासले गरे एक जना विद्यार्थीमाथि छुरा प्रहार : JCNEPAL MEDIA

चैत ०८,२०८१/ जेसी नेपाल संवाददाता

धनुषाको एक सरकारी स्कूलमा एक विद्यार्थीमाथि छुरा प्रहार भएको छ । धनुषाको नमुना उच्च मावि गिद्धा बेलापट्टि स्कूलमा अध्ययनरत धनुषाको कमला नगरपालिका वडा नम्बर ३ लगमा बस्ने राजाराम मण्डलका १२ बर्षिय छोरा दिपेश मण्डलमाथि छुरा प्रहार भएको हो ।

स्कूलको अँग्रेजी माध्यमतर्फ कक्षा ५ मा अध्ययनरत दिपेशमाथि सोही कक्षामा पढने विदेह नगरपालिकाको बफै बस्ने उमेश मण्डलका १२ बर्षिय छोरा विकास मण्डलले छुरा प्रहार गरेको जनाईएको छ । कक्षा समाप्त भएपछि बाहिर निस्केका दिपेशलाई विकासले घाँटीमा छुरा हान्ने प्रयास गरेका थिए । उनलाई टाउको बचाएपछि छुरा काँध (बाहु) मा लागेको छ । छुरा प्रहारबाट दिपेश घाईते भएका छन् ।

कक्षामा भएको समानय विवादपछि विकासले छुरा प्रहार गरेको दिपेशका काका धनिराम मण्डलले जानकारी दिए । उनका अनुसार, कक्षाकोठामा भएको समान्य भनाभनपछि विकासले उनलाई छुरा हानेको हो । आरोपित विकास फरार छन् भने दिपेशलाई थप उपचारको लागि जनकपुर लगिएको हो ।

प्रकाशित : चैत ०८,२०८१                   ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA