बसले ठक्कर दिँदा साईकल यात्रीको घटनास्थलमै मृत्यू : जनकपुर JCNEPAL MEDIA

चैत ०८,२०८१/ जेसी नेपाल संवाददाता

जनकपुरमा साईकल यात्रीलाई यात्रुवाहक बसले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको छ ।

जनकपुरबाट लक्ष्मीनियाँ जाने ६ लेनको सडकखण्ड अन्तर्गत साँझ करिब ७ः१५ बजेको समयमा जनकपुरबाट काठमान्डौँको लागि खुलेको बसले बाटो काटदै गरेको साईकल यात्रीलाई ठक्कर दिएको थियो ।

जनकपुरबाट काठमान्डौँको लागि खुलेको बागमति प्रदेश ०३–००१ ख ३४४१ नम्बरको बसले ठक्कर दिँदा लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर १ सिनुरजोडा बस्ने स्थानीय ७० बर्षिय रबिन्द्र मण्डलको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता बरुण बहादुर सिँहले जानकारी दिए ।

६ लेन सडकमा बाबाको ढाबा होटल अगाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । अहिले बस चालक र बस प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रकाशित : चैत ०८,२०८१                   ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA