भ्रष्टाचार मुद्दामा विद्युत प्राधिकरणका सहायक प्रबन्धक पक्राउ : JCNEPAL MEDIA

चैत ११,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : भ्रष्टाचार मुद्दामा अदालतबाट कैद सजाय सुनाइएका नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक ध्रुवकुमार उप्रेती पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंको बनस्थलीबाट आइतबार ६५ वर्षीय उप्रेतीलाई पक्राउ गरेको हो। गैरकानुनीरुपमा सम्पत्ती आर्जन गरी भ्रष्टाचार गरेको भन्दै उप्रेतीविरुद्ध अख्तियारमा उजुरी परेको थियो।

सोही उजुरीका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उप्रेतीमाथि अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा २ करोड बढी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको थियो। सर्वोच्च अदालतले गत मंसिर १२ गते भ्रष्टाचार मुद्दामा सुनुवाइ गर्दै उप्रेतीलाई २ करोड ५५ लाख १६ हजार ४८३ रुपैयाँ जरिवाना र ६ महिना कैद हुने ठहर गरेको थियो।

उप्रेतीलाई फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित : चैत ११,२०८१                   ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहलाई अदालतले चारदिनकाे म्याद थपगरे : JCNEPAL MEDIA

पर्साका एसपी भट्टका घुमुवा रामराज हेडक्वार्टर तानिए, भट्टलाई पनि स्पष्टीकरण : JCNEPAL MEDIA

बहुविवाहको आरोपमा डिएसपी मधु नेपाल पक्राउ : JCNEPAL MEDIA