भ्रष्टाचार मुद्दामा विद्युत प्राधिकरणका सहायक प्रबन्धक पक्राउ : JCNEPAL MEDIA

चैत ११,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : भ्रष्टाचार मुद्दामा अदालतबाट कैद सजाय सुनाइएका नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक ध्रुवकुमार उप्रेती पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंको बनस्थलीबाट आइतबार ६५ वर्षीय उप्रेतीलाई पक्राउ गरेको हो। गैरकानुनीरुपमा सम्पत्ती आर्जन गरी भ्रष्टाचार गरेको भन्दै उप्रेतीविरुद्ध अख्तियारमा उजुरी परेको थियो।

सोही उजुरीका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उप्रेतीमाथि अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा २ करोड बढी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको थियो। सर्वोच्च अदालतले गत मंसिर १२ गते भ्रष्टाचार मुद्दामा सुनुवाइ गर्दै उप्रेतीलाई २ करोड ५५ लाख १६ हजार ४८३ रुपैयाँ जरिवाना र ६ महिना कैद हुने ठहर गरेको थियो।

उप्रेतीलाई फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित : चैत ११,२०८१                   ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA