घुस लिएको आरोपमा प्रहरी सहायक निरीक्षक पक्राउ : बुटवल JCNEPAL MEDIA

चैत १४,२०८१/ जेसी नेपाल संवाददाता

बुटवल : भन्सार छलीको सामानमा सहजीकरण गरिदिने भन्दै घुस रकम लिएका प्रहरी चौकी दुर्घौली रूपन्देहीका प्रहरी नायव निरीक्षक (सई) घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलकी सूचना अधिकारी गीता आचार्यका अनुसार सई खिमबहादुर खड्कालाई ३० हजार नगदसहित पक्राउ गरिएको हो । उनले भारतबाट अवैध घरायसी सामान ल्याउने क्रममा सहजीकरण गरिदिएबापत लिएको रकमसहित मायादेवी गाउँपालिका-६ स्थित मकरी खाजा घरबाट बिहीबार पक्राउ गरिएको आचार्यले बताइन् ।

‘विशेष सूचनाका आधारमा ३० हजार नगदसहित प्रहरी खड्कालाई रंगेहात पक्राउ गरेका छौं,’ उनले भनिन्, ‘थप अनुसन्धान जारी छ ।’ भन्सार छलेर सामान ल्याउन खोज्ने व्यापारी वा सामान्य नागरिक को हुन् भन्ने पनि अनुसन्धानकै क्रममै रहेको उनले बताइन् । सहजीकरण खड्का प्रहरी चौकी दुर्घौलीका ईन्चार्ज हुन् ।

प्रकाशित : चैत १४,२०८१                   ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA