घुस लिएको आरोपमा प्रहरी सहायक निरीक्षक पक्राउ : बुटवल JCNEPAL MEDIA

चैत १४,२०८१/ जेसी नेपाल संवाददाता

बुटवल : भन्सार छलीको सामानमा सहजीकरण गरिदिने भन्दै घुस रकम लिएका प्रहरी चौकी दुर्घौली रूपन्देहीका प्रहरी नायव निरीक्षक (सई) घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलकी सूचना अधिकारी गीता आचार्यका अनुसार सई खिमबहादुर खड्कालाई ३० हजार नगदसहित पक्राउ गरिएको हो । उनले भारतबाट अवैध घरायसी सामान ल्याउने क्रममा सहजीकरण गरिदिएबापत लिएको रकमसहित मायादेवी गाउँपालिका-६ स्थित मकरी खाजा घरबाट बिहीबार पक्राउ गरिएको आचार्यले बताइन् ।

‘विशेष सूचनाका आधारमा ३० हजार नगदसहित प्रहरी खड्कालाई रंगेहात पक्राउ गरेका छौं,’ उनले भनिन्, ‘थप अनुसन्धान जारी छ ।’ भन्सार छलेर सामान ल्याउन खोज्ने व्यापारी वा सामान्य नागरिक को हुन् भन्ने पनि अनुसन्धानकै क्रममै रहेको उनले बताइन् । सहजीकरण खड्का प्रहरी चौकी दुर्घौलीका ईन्चार्ज हुन् ।

प्रकाशित : चैत १४,२०८१                   ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहलाई अदालतले चारदिनकाे म्याद थपगरे : JCNEPAL MEDIA

पर्साका एसपी भट्टका घुमुवा रामराज हेडक्वार्टर तानिए, भट्टलाई पनि स्पष्टीकरण : JCNEPAL MEDIA

बहुविवाहको आरोपमा डिएसपी मधु नेपाल पक्राउ : JCNEPAL MEDIA