सिराहामा यज्ञका लागि दलितको घर भत्काउने गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा छुटे : JCNEPAL MEDIA

चैत १६,२०८१/ जेसी नेपाल संवाददाता

मधेस प्रदेश : महायज्ञका लागि दलितको घर भत्काइएको आरोपमा पक्राउ परेका सिराहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव धरौटी रिहा भएका छन् ।

शुक्रबार सिराहा जिल्ला अदालतका न्यायाधीश विदुर काफ्लेको इजलासको आदेशमा जनही एक लाख रुपैयाँ धरौटी बुझाएर उनीहरु रिहा भएका हुन् । जातीय विभेद तथा छुवाछुतसम्बन्धी कसुरमा यही चैत ८ गते पक्राउ परेका उनीहरुविरुद्धको मुद्दामा शुक्रबार अदालतमा थुनछेक बहस भएको थियो ।

अदालतले उनीहरूलाई १९ वैशाखमा पुनः हाजिर हुन आदेश दिएको स्रेस्तेदार नीरज पोखरेलले बताए । गत १० फागुनमा औरही- ५ का दीपक मल्लिक (डोम) को घर महायज्ञका लागि डोजर लगाएर भत्काइएको थियो । सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्षलाई प्रहरीले ८ चैतमा पक्राउ गरेको थियो ।

घटनाको मुख्य योजनाकार मानिएका महायज्ञका मूल पुजारी बजरंगी बाबा भने अझै फरार छन्।

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१       ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA