ज्ञानेन्द्र शाहको सुरक्षा टोली फेरिएर ,सशस्त्रका नयाँ कमान्डर पठाए JCNEPAL MEDIA

चैत १७,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : पूर्वराष्ट्र प्रमुखको हैसियतमा रहेका ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको टोली फेरिएको छ।

गृह मन्त्रालयका अनुसार सशस्त्र प्रहरी नायव उपरिक्षक (डीएसपी) जगदिश हमालको कमाण्डमा रहेको टोली नै परिवर्तन गरेर प्रमोद प्रकाश पाठक नेतृतवको टोली शाहको सुरक्षामा खटिएको छ।

डीएसपी पाठक सुरक्षा कमान्डमा अब्बल मानिन्छन्। शाहको सुरक्षाका लागि सशस्त्र प्रहरीका १६ जना सुरक्षाकर्मी खटिएको थियो। भीभीआईपीलाई राज्यले उपलब्ध गराउँदै आएको सेवासुविधा अनुसार सो टोली सुरक्षामा खटिएको थियो। यसैबीच कतिपय समाचार माध्यमले शाहलाई अघोषित नजरबन्दमा राखिएको दाबी गरेका छन्।

तर, उच्च सुरक्षा स्रोतका अनुसार भीभीआईपीको सुरक्षाबाहेक त्यस्तो नजरबन्द गरिएको अवस्था छैन।

प्रकाशित : चैत १७,२०८१               ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA