ज्ञानेन्द्र शाहको सुरक्षा टोली फेरिएर ,सशस्त्रका नयाँ कमान्डर पठाए JCNEPAL MEDIA

चैत १७,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : पूर्वराष्ट्र प्रमुखको हैसियतमा रहेका ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको टोली फेरिएको छ।

गृह मन्त्रालयका अनुसार सशस्त्र प्रहरी नायव उपरिक्षक (डीएसपी) जगदिश हमालको कमाण्डमा रहेको टोली नै परिवर्तन गरेर प्रमोद प्रकाश पाठक नेतृतवको टोली शाहको सुरक्षामा खटिएको छ।

डीएसपी पाठक सुरक्षा कमान्डमा अब्बल मानिन्छन्। शाहको सुरक्षाका लागि सशस्त्र प्रहरीका १६ जना सुरक्षाकर्मी खटिएको थियो। भीभीआईपीलाई राज्यले उपलब्ध गराउँदै आएको सेवासुविधा अनुसार सो टोली सुरक्षामा खटिएको थियो। यसैबीच कतिपय समाचार माध्यमले शाहलाई अघोषित नजरबन्दमा राखिएको दाबी गरेका छन्।

तर, उच्च सुरक्षा स्रोतका अनुसार भीभीआईपीको सुरक्षाबाहेक त्यस्तो नजरबन्द गरिएको अवस्था छैन।

प्रकाशित : चैत १७,२०८१               ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA