प्रहरीबाट लुटिएको पेस्तोल र गोली फेला पर्‍यो : हेटौंडा JCNEPAL MEDIA

चैत १९,२०८१/ जेसी नेपाल संवाददाता

हेटौंडा : लागूऔषध कारोबारीले प्रहरीबाट लुटेर लगेको पेस्तोल मंगलबार प्रहरीले फेला पारेको छ । मकवानपुरको कैलाश गाउँपालिका-१ वोलने लेकको जंगलमा फालेको अवस्थामा गोलीसहित पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरट्ठक्षक विश्वराज खड्काले बताए ।

मकवानपुरको कैलाश गाउँपालिका-६ दुम्सीखर्कस्थित जंगलमा लागूऔषध कारोबारीले सोमबार प्रहरीको पेस्तोल लुटेर भागेका थिए । पेस्तोल लुटेरा र पेस्तोलको खोजीमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालको नेतृत्वमा ६५ जना प्रहरी सोमबार बेलुकादेखि त्यस क्षेत्रमा परिचालन गरिएको थियो ।

अफिमको कारोबार भइरहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पालुङका हवल्दार अर्जुन तामाङ र सहायक हवल्दार गोविन्द्र मग्राती कैलाश गाउँपालिका-६ दुम्सीखर्कको जंगलमा पुग्दा २ केजी अफिम र मोटरसाइकल छाडेर कारोबारी भागेका थिए ।

अफिम र मोटरसाइकल लिएर इलाका प्रहरी कार्यालय पालुङतर्फ आउने क्रममा दुम्सीखर्कनजिकै अफिम कारोवारीसहितको १५ जना जतिको समूहले घेरा हालेर प्रहरीलाई कुटपिटसमेत गरेर पेस्तोल लुटेर भागेका थिए । उनीहरूले ७ राउन्ड गोली लोड भएको टाइप–५४ को पेस्तोल लुटेको लगेका थिए ।

प्रकाशित : चैत १९,२०८१                        ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहलाई अदालतले चारदिनकाे म्याद थपगरे : JCNEPAL MEDIA

पर्साका एसपी भट्टका घुमुवा रामराज हेडक्वार्टर तानिए, भट्टलाई पनि स्पष्टीकरण : JCNEPAL MEDIA

बहुविवाहको आरोपमा डिएसपी मधु नेपाल पक्राउ : JCNEPAL MEDIA