धनुषाको मुखियापट्टि मुसरनियाँमा ११ वटा अनाधिकृत संचालनमा रहेका बोर्डिङग स्कूल गराए बन्द : अध्यक्ष यादव JCNEPAL MEDIA

चैत १९,२०८१/ जेसी नेपाल संवाददाता

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा अनाधिकृत बिना दर्ता सञ्चालनमा रहेका ११ वटा निजी विद्यालयहरू बन्द गराइएको छ ।

गाउँपालिका अध्यक्ष जयकुमार यादवले एक सूचना जारी गर्दै पालिका भित्र सञ्चालित दर्ता बिनाको ११ वटा निजी विद्यालय बन्द गराइएको जानकारी दिएका छन् । बन्द गराइएका विद्यालयहरुमा न्यू स्काई ईङ्गलिस स्कुल, तराई ईङ्गलिस बोर्डिङ स्कुल, चाईल्ड डेभेलपमेन्ट एण्ड लर्निङ सेन्टर, गंगालाल शिशु पाठशाला, आर्दश विद्या ईङ्गलिस स्कुल, गोल्डेन भ्याली एजुकेशनल एकेडमी, सेन्ट जेभियर ईङ्लिस बोर्डिङ स्कुल, उज्वल विद्या ईङ्लिस एकेडमी, जिनियस ईङ्लिस बोर्डिङ स्कुल, आराध्या पब्लिक स्कुल, आरोही इन्टरनेशनल एकेडमी रहेका छन् ।

अनुमति बिना सञ्चालनमा रहेका निजी तथा संस्थागत विद्यालयहरूलाई पटक–पटक बन्द गर्न आग्रह गरिए पनि उक्त विद्यालयहरूले पालिकाको निर्देशनको अटेर गरे पछि कार्यपालिका समितिको निर्णयअनुसार ती विद्यालयहरूमा तालाबन्दी गरिएको सूचनामा उल्लेख रहेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गाउँपालिकाभित्र आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षा सञ्चालन एवं व्यवस्थापनको अधिकार स्थानीय तहलाई हुने व्यवस्था छ । यसैअनुरूप स्थानीय तहले शिक्षाको गुणस्तर सुधार गर्न यो प्रयास गरिएको अध्यक्ष यादवले जनाएका छन् ।

बन्द गरिएका विद्यालयहरुमा आफ्ना बालबालिकालाई भर्ना नगर्न पालिकाले अभिभावकहरुसंग आग्रहसमेत गरेको छ ।

प्रकाशित : चैत १९,२०८१                   ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA