महाेत्तरीमा फेरि एक बालिका बलात्कृत, उल्टै थुनिए पीडितकी बुवा : JCNEPAL MEDIA

चैत २३,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : महोत्तरीमा तीन वर्षीया बालिका बलात्कार घटनाको साता नबित्दै पुनः एक सात वर्षीया बालिका बलात्कृत भएकी छिन्। जिल्लाको बलबा नगरपालिकामा एक बालिकालाई अपहरण शैलीमा घरबाट केहि मिटर पर तटबन्ध छेउमा लगि बलात्कार गरिएको हो ।

बालिकाका बुवाले कामबाट खाना खान घर फर्किँदै गर्दा दुई युवालाई एक बालिकालाई कपडाले मुख छोपेर घिसार्दै लगेको देखेपनि उसकै कोहि आफन्त होला भनी बालिका चिन्न नसकेको र घर पुग्दा छोरी नभटेपछि शंका लागेर खोज्दै जाँदा छोरी निर्वस्त्र अवस्थामा रुँदै भेटेको बताए। उनले छोरीसँग गलत गर्ने केटाहरुलाई लौरोले हिर्काउँदा एउटाको खुट्टामा लागेको र अर्को भागेको बताए ।

उनले भने,मेरो नावालिक छोरी बलात्कृत भइन् । उनको अस्मिता लुटनेमाथि लट्ठी प्रहार गर्दा स्थानीय प्रहरी चौकीले मलाई दिनभरी थुनेर राखे । मैले हिर्काएको लट्ठीले चोट लागेपछि मेरो छोरीको अस्मिता लुट्ने मध्येको एकको अभिभावकले प्रहरीमा खबर गरेछन र प्रहरीलाई मेरो छोरीबारे गुहार गर्दा समेत नसुनेको र मलाई हत्कडी लगाएर थुनामा राखे । यता, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी संतुलाल प्रसाद जयसवारले जिल्लामा घटनाबारे खबर आउना साथ टोली खटाई बालिकालाई प्रादेशिक अस्पताल जलेश्वर ल्याएर उनको स्वास्थ्य जाँच लगायतको प्रक्रिया अघि बढाएको बताए ।

उनले पीड़ित बालिका प्रहरीको संरक्षणमा सुरक्षित रहेको र आवश्यक सबै कानुनी प्रक्रिया भइरहेको बताए । यता आरोपीमध्येका एक जना भागेको र अर्को प्रहरीको निगरानीमा खुट्टाको उपचारमा रहेको बताए । यो पनि पढ्नुहोस् जलेश्वरः आफ्नै आफन्तबाट ३ बर्षिय बालिका बलात्कृत उनले दुबै आरोपी समेत नावालिक रहेको बुझिन आएको बताउँदै घटनाको अनुसन्धान र फरार आरोपिको खोजी भइरहेको बताए ।

यता पीडितलाई नै स्थानीय प्रहरी चौकीले दिनभरी थुनेर राखेको भन्ने आरोपबारे बोल्दै डीएसपी जयसवारले यसबारे सुनेको र तत्काल यसको सूक्ष्म अनुसन्धान गर्ने र प्रहरी दोषी देखिए विभागीय कारवाही गर्ने बताए।

प्रकाशित : चैत २३,२०८१                        ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA