धनुषामा भालुको आक्रमणबाट एक जना गम्भिर, काठमान्डौं भए रिफर : JCNEPAL MEDIA

चैत २३,२०८१ / जेसी नेपाल संवाददाता

धनुषामा भालुले आक्रमण गर्दा एक जना व्यक्ति गम्भिर घाईते भएका छन् । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ११ बिमिरेमा आज बिहान घाँस काट्न गएका एक जना व्यक्तिलाई भालुले आक्रमण गर्दा गम्भीर घाईते भएका छन्।

महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ३ पाटुका ५५ वर्षीय जिस्नु दुलाललाई भालुले आक्रमण गरी घाईते बनाएको हो। भालुको आक्रमणमा परि गम्भीर घाईते भएका दुलाललाई स्थानीयहरूले तुरुन्तै उद्धार गरी जनसेवा अस्पताल बर्दिबासमा लगेको थियो ।

दुलाललाई प्राथमिक उपचारपछि काठमाडौं ट्रमा सेन्टर रेफर गरिएको छ। उनको अनुहारमा अत्याधिक घाउ देखिएको छ ।

घटनापछि वन क्षेत्रमा जाने व्यक्तिहरूलाई अत्यधिक सतर्कता अपनाउन स्थानीय प्रशासन तथा वन कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित : चैत २३,२०८१                   ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA

भारतमा अभिनेता थलापति विजयको र्‍यालीमा भएको भागदौडमा ३६ जनाको मृत्यु : JCNEPAL MEDIA

जनप्रतिनिधिहरु बीचको आपसी विबाद र बजेट भागबन्डामा कुरा नमिल्दा औरही गाउँसभा अन्याेलमा: धनुषा JCNEPAL MEDIA

प्रम कार्की आयोगले जेनजी आन्दोलनबारे छानबिनको काम थाल्यो : JCNEPAL MEDIA