धनौजीमा पुनः स्थापना भयो प्रहरी चौकी : धनुषा JCNEPAL MEDIA

चैत २४,२०८१ / जेसी नेपाल संवाददाता

धनुषाको धनौजी गाउँपालिका वडा नम्बर २ धनौजी टोलस्थित प्रहरी चौकीको पुनःस्थापना गरिएको छ । स्थानीयहरुको माग र आवश्यकतालाई मध्यनजर गरेर धनौजीमा प्रहरी चौकी स्थापना गरेको गाउँपालिका अध्यक्ष राजकुमार साहले जनाए ।

अध्यक्ष साहका अनुसार यसबाट सूचनाको पहुच र प्रहरीको उपस्थिति बलियो हुने विश्वास जनाए। उनले प्रहरी चौकीको स्थापनाले गाउँघर र बोर्डर क्षेत्रमा भएका गतिविधि तथा घटना छिटो र सजिलो जानकारी हुने अपेक्षा राखे । जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै चौकी स्थापना गरिएको धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए। गाउँघरमा केही घटना भयो भनेपनि प्रहरी पुग्न समय सम्म लाग्छ। तर, अब लाग्ने स्थित समाप्त भयो : उनले भने ।

शान्ति सुरक्षाको प्रत्याभूतिका लागि प्रहरी र मानिसको सम्वन्ध सकारात्मक हुने भन्दै प्रहरी चौकीको पुनः स्थापनामा स्थानीयहरु खुसी भएका छन्। ‘हरेक मान्छेलाई विपत्ति आईलाग्यो भने उसको मुखबाट निस्कने पहिलो शब्द भनेको भगवान हो र त्यसपछि उसले खोज्ने साहारा भनेको प्रहरी संग हो’ धनौजी गाउँबासीले भने, ‘तसर्थ समाजमा हुने अपराधिक घट्ना रोक्न, स्थानियहरुलाई सुरक्षाको अनुभूति दिलाउन प्रहरी महत्वपूर्ण माध्यम हुन्छ र हामीलाई पनि आवश्यक छ त्यो अहिले पूरा भयो।

गाउँमा प्रहरी नभएका हुनाले स्थानीय बासीहरुमा चोरी ,लागुऔषध ,विकृति विसङगति , लैङिगक हिंसा जस्ता घटनाहरु बढ्न थलेपछि स्थानीयहरु मिलेर स्थानीय सरकारलाई गुहार गरेपछि प्रहरी चौकी ल्याउन स्थानीय सरकार गाउँपालिकाअध्यक्ष राज कुमार साह सफल भएका छन् ।

आइतबार श्रीराम नवमी अवसरमा साँझ एक कार्यक्रम राखी धनुषा जिल्लाको प्रहरी उपरीक्षक तिवारी र गाउँपालिका अध्यक्ष साहसहित त्यहाँ उपस्थिति भएका वडा अध्यक्ष लगायत सम्पूर्ण गाउँबासी उपस्तिथिमा प्रहरी चौकी उदघाटन गरेका छ्न् । स्थापना गरिएको प्रहरी चौकीमा ६ जना प्रहरी परिचालन गरिएको छ।

प्रकाशित : चैत २४,२०८१                ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

विवादित शर्मालाई प्रभु बैंकको सिइओ बनाउन गभर्नरको जबरजस्ती,अन्योलमा बोर्ड : JCNEPAL MEDIA

एमाले मधेश प्रदेश कमिटी सदस्य बस्नेतसहित एक सय जना कांग्रेसमा गरे प्रवेश : JCNEPAL MEDIA

निर्वाचन आयोग जोगाउने सशस्त्र प्रहरीका डीएसपी कोइराला सम्मानित : जेन-जी आन्दोलन JCNEPAL MEDIA

जनकपुरमा एनएमए शाखाको अध्यक्षमा डा. रामज्ञान यादव निर्वाचित : JCNEPALMEDIA

नोबेल अस्पतालनजिकका ७ वटा औषधि पसलमा तालाबन्दी : विराटनगर JCNEPALMEDIA

नेपाल-भारत बोर्डर ७२ घण्टा बन्द रहने : JCNEPALMEDIA