आज मधेश प्रदेशसभामा सम्बोधन गर्न जनकपुर आउँदै प्रधानमन्त्री ओली : JCNEPAL MEDIA

चैत २६,२०८१ / जेसी नेपाल संवाददाता

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली मधेश प्रदेश सभाको बैठकलाई सम्बोधन गर्न आज मंगलवार जनकपुरधाम आउन लागेका छन् ।

मधेश प्रदेश सभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने र त्यसपछि सभाले धन्यवाद प्रस्ताव पारित गर्ने दुईवटा कार्यसूची रहेको छ । सभासदहरुलाई बिहान १० बजे प्रदेश सभामा बोलाइएको छ ।

प्रधानमन्त्री ओली ११ बजे हेलिकोप्टरबाट आउने कार्यक्रम रहेको छ । प्रदेश सभामा सम्बोधनपछि दलका नेताहरुसित भेटघाट गर्ने बताइएको छ । प्रदेश सभाको कार्यक्रम सकिएसँगै प्रधानमन्त्री ओली सिरहा जाने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले एमाले सिरहा जिल्लाको अधिवेशनको उदघाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी राजधानी काठमाण्डु फर्किने छन् ।

प्रकाशित : चैत २६,२०८१                ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA