नेपाल किन आएका थिए भारतीय प्रहरी ? : JCNEPAL MEDIA

चैत २६,२०८१ / जेसी नेपाल संवाददाता

भारतीय प्रहरी नेपाल आएको र नेपाल प्रहरीले तिनलाई पक्राउ गरेको घटना यतिबेला निकै चासोको विषय बनेको छ। नेपालमा राजावादी आन्दोलन तथा गणतन्त्रवादीका विभिन्न प्रदर्शन चलिरहेका बेला छिमेकी मुलुक भारतका प्रहरी बिना कुनै अनुमति नेपाल प्रवेश गर्नुले राजनीतिक बृत मात्र नभएर आम जनमानसमा पनि यो चासो र चिन्ताको विषय बनेको हो। सामाजिक सञ्जालमा पछ्याउनुहोस् नागार्जुनमा फेला पारेर नेपाल प्रहरीले केहीदिन अघि पक्राउ गरेका ती भारतीय प्रहरी कति जना थिए भन्नेबारे पनि खासै खुलाइएको छैन।

तर, उनीहरूलाई पक्राउ गरेर भारतीय दूतावासको जिम्मा लगाइएको स्रोतले जनाएको छ। यता, काठमाडौंमै भारतीय प्रहरी बिना अनुमति प्रवेश गरेको विषयमा भने आफूलाई कुनै जानकारी नभएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहोरा बताउँछन्। ‘प्रहरीका पनि विभिन्न ब्यूरो र विभाग हुन्छन्। यसबारे कुनै जानकारी भएन,उनी भन्छन्। भारतीय प्रहरीलहरू नेपाल आएको विषयमा नेपाली मात्र नभएर भारतीय सञ्चारमाध्ययमा पनि चर्चा भइरहेको छ।

* किन आएको थियो पञ्जाब प्रहरी (पीटीआई) नेपाल? भारतीय सञ्चारमाध्ययममा उल्लेख भए अनुसार नेपालमा प्रवेश गरेको उक्त प्रहरीको टोली पञ्जाब प्रहरीको टोली थियो। पञ्जाब प्रहरीको एन्टी-ग्याङ्स्टर टास्क फोर्स (एजिटिएफ) ​​एक अपराधीलाई समात्न गोप्य रूपमा काठमाडौं आइपुगेको थियो। गुण्डाहरूलाई पक्राउ गर्नुअघि नै नेपाल प्रहरीले एजिटिएफलाई पक्राउ गर्‍यो र दूतावासलाई जिम्मा लगायो। हिन्दुस्तान टाइम्सले स्रोतलाई उद्धृत गर्दै केन्द्र सरकारको अपीलपछि पञ्जाब प्रहरीको टोलीलाई नेपाल सरकारले रिहा गरेको जनाएको छ। यो घटना फेब्रुअरी महिनामा भएको बताइएको छ। यसपछि, मार्चमा, गृह मन्त्रालयले सबै राज्य र केन्द्र शासित प्रदेशहरूको लागि एक आदेश जारी गर्‍यो । जसमा पञ्जाबको नाम नलिई, कुनै पनि विदेशी भूमिमा अनुसन्धानको लागि जानु अघि अनिवार्य अनुमति लिनुपर्ने कुरा स्पष्ट रूपमा भनिएको थियो।

* के भन्छ पञ्जाब प्रहरी? अनुमतिबिनै पञ्जाब प्रहरीको टोली नेपाल प्रवेश गर्नाले भारतीय पक्षलाई लज्जित बनाएको टिप्पणी गरिएको छ। एक अधिकारीले भने, ‘बिना अनुमति प्रहरी टोलीको भ्रमणले भारतीय पक्षलाई लज्जित बनायो।’ यस विषयमा जानकार अधिकारीहरूले भने कि भारत र नेपालले आपराधिक अनुसन्धानमा औपचारिक र अनौपचारिक रूपमा एकअर्कालाई सहयोग गर्ने भएकाले घटनालाई गोप्य राख्न खोजिरहेका थिए। पञ्जाब एजीटीएफका प्रमुख प्रमोद बानले पञ्जाब प्रहरी जानकारी संकलन गर्न नेपाल आएको कुरा स्वीकार गरेको तर, त्यहाँ कुनै पनि प्रकारको अपरेशन गर्ने कुराबारे भने ठाडै अस्वीकार गरेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन्।

* के भन्छ गृह-मन्त्रालय? भारतीय प्रहरी आएर पक्राउ परी दूतावासको जिम्मा लगाइएको विषयमा भने गृहमन्त्रालयलाई आफूलाई कुनै जानकारी नभएको गृहमन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीले यस्तो घटनाबारे आफूहरूलाई कुनैपनि जानकारी नभएको बताएका हुन्। हामीलाई यस्तो कुनै घटनाको बारेमा जानकारी छैन : उनले भने।

प्रकाशित : चैत २६,२०८१                     ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA

भारतमा अभिनेता थलापति विजयको र्‍यालीमा भएको भागदौडमा ३६ जनाको मृत्यु : JCNEPAL MEDIA

जनप्रतिनिधिहरु बीचको आपसी विबाद र बजेट भागबन्डामा कुरा नमिल्दा औरही गाउँसभा अन्याेलमा: धनुषा JCNEPAL MEDIA

प्रम कार्की आयोगले जेनजी आन्दोलनबारे छानबिनको काम थाल्यो : JCNEPAL MEDIA