मन्त्रालयको बजेटमा फर्जी उपभोक्ता समिति, योजनाको चिठ्ठी बेच्दै एमालेका नेता : कमला नगरपालिका JCNEPAL MEDIA

चैत २८,२०८१ / जेसी नेपाल संवाददाता

पूर्वी धनुषाको कमला नगरपालिकामा एमालेका नेताहरुले योजनाको चिठ्ठी विक्री गरिरहेको पाईएको छ । आफ्नो निर्वाचन क्षेत्र पर्ने नेताहरुले भौतिक पूर्वाधार मन्त्रालयबाट योजनाको चिठ्ठी लिएर कमिशन लिँदै वितरण गर्न थालेको समाचारहरु मिडियामा दिनहुँ आउन थालेको छ ।

सोही क्रममा मन्त्रालयबाट कमला नगरपालिकामा गएको केही योजनाहरुमा फर्जी उपभोक्ता समिति गठन गरिएको आरोप लगाइएको छ । कमला नगरपालिकाकी उपमेयर शिला देवी मण्डलले कमला नगरपालिकाको वडा नम्बर ४ सघारामा राखिएको मन्त्रालयको तीन योजनामा फर्जी उपभोक्ता समिति गठन गरिएको आरोप लगाएकी छिन् ।

उनले सो फर्जी उपभोक्ता समितिको पत्र फिर्ता गरी कानुनी कारवाहीको लागि मन्त्रालयलाई पत्राचार समेत गरेकी छन् । मन्त्रालयबाट गएको योजनाको चिठ्ठी एमालेकै एक नेताले बिक्री गरेको योजनाको उपभोक्ता समिति गठन गर्न उपमेयरको किर्ते हस्ताक्षर गरिएको बताइएको छ । एमालेका नेताले आफ्ना आसेपासेलाई फर्जी उपभोक्ता समितिको लागि भनेको बताईएको छ । २५/२५ लाख रुपैयाँको ३ वटा योजनामा धनुषा निर्वाचन क्षेत्र नम्बर २ का एमालेका नेताले उपभोक्ता समिति बनाएको स्थानीयको शंका छ । सघारा राधा कृष्ण मन्दिरको धर्मशालाको माथिल्लो तल्लामा निर्माण कार्य, दुर्गा मन्दिरदेखि कमला बाँधसम्म सडक स्तरोन्ति कार्य र हुलाकी सडकको छेउमा अधुरो रामजानकी मन्दिर पुरा गर्ने निर्माण कार्य योजनामा फर्जी उपभोक्ता समिति बनाइएको हो ।

कमला नगरपालिकाकी उपप्रमुख शिला देवी मण्डलको फर्जी हस्ताक्षर गरी उपभोक्ता समिति बनाइएको आरोप छ । उपप्रमुखले सो विषयमा पुर्वाधार कार्यालयलाई पत्र काटेर सम्झौता रोक्का गर्न अनुरोध समेत गरेकी छिन् । वडा कार्यालयमा चिठ्ठी दर्ता गराइ १५ दिन भित्र उपभोक्ता समिति गठन गर्नुपर्ने प्रावधान छ ।

गत माघ २९ गते नै पूर्वाधार कार्यालयले उपभोक्ता समिति गठन सम्बन्धी पत्र तयार गरेका थिए । उक्त पत्र मन्त्रीले १० प्रतिशत लिएर योजना उपलब्ध गराएका थिए । वडाध्यक्ष गोहिवारले हालसम्म ती योजनाको चिठ्ठीहरु वडा कार्यालयमा नआएको बताए । उक्त योजनाको चिठ्ठी बीचौलियाहरुको हातमा भएको हुन सक्ने उनले आशंका गरे ।

प्रकाशित : चैत २८,२०८१                     ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

परराष्ट्र मन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता : JCNEPALMEDIA

मधेस प्रदेशका अर्थमन्त्रीले वाचन गरेको बजेट र मन्त्रालयगत बजेटमा ८ अर्ब भन्दा बढीको फरक : JCNEPALMEDIA

हवाई फायर गरेर ठूलो परिमाणमा लागूऔषधसहित तीन जना पक्राउ : JCNEPALMEDIA

कसमिरमा सेनाले गाेलि चलायाे ,४६ जनाकाे मृत्यु : JCNEPALMEDIA

चोरीको मुद्दामा पक्राउ परेका युवकको प्रहरी हिरासतमा मृत्यु : JCNEPALMEDIA

भारतमा विमान दुर्घटनाग्रस्त हुँदा दुई अधिकारी र दुई अग्निवीरवायु सहित पाँच वायुसेना जवानको मृत्यु : JCNEPALMEDIA