दुर्गा प्रसाईलाई १२ दिन हिरासत, भारतबाट नियन्त्रणमा तर,प्रहरीले झापामा पक्राउ गरेको किन भने ? : JCNEPAL MEDIA

चैत २९,२०८१ / जेसी नेपाल संवाददाता

प्रहरीले उनलाई विमानमार्फत् झापाबाट काठमाण्डू ल्याएर अदालतमा पेस गरेको छ। यसअघि प्रहरीले तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुरमा फरार रहेका दुर्गा प्रसाई र उक्त घटनामा संलग्न निजका अङ्गरक्षक दीपक खड्कालाई झापा जिल्लाको भद्रपुरबाट नियन्त्रणमा लिइएको बताएको थियो।

* उपचारको प्रबन्धसहित १२ दिन हिरासतमा राख्न अनुमति

प्रहरीले प्रसाई र उनका सहयोगी खड्कालाई १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ। "म्याद थपका लागि ल्याइएको थियो, त्यसमा दुर्गा प्रसाई र दीपक खड्काको हकमा राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न १२ दिनको म्याद थप भएको छ," जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बीबीसीसँग भने।

अदालतमा दुर्गा प्रसाई बिरामी भएका भन्दै उनी र उनका तर्फबाट उनका कानुन व्यवसायीले उपचारको प्रबन्धको माग गरेका थिए। त्यसउपर पनि न्यायाधीश शिशिरराज ढकालले आदेश दिएको श्रेष्ठले बताए। उनका अनुसार न्यायाधीशले सम्बन्धित चिकित्सकको सिफारिसमा उपचारको प्रबन्ध गराउनका लागि अनुसन्धान गर्ने निकायलाई आदेश दिएका हुन्।

भद्रपुर विमानस्थलबाट विमानमार्फत् प्रसाईलाई काठमाण्डू ल्याइएको छ प्रसाईको परिवारलाई उद्धृत गर्दै उनी जनकमान्डर रहेको जनआन्दोलन समितिका प्रवक्ता समेत रहेका अधिवक्ता स्वागत नेपालले पनि प्रसाई असममै प्रहरी नियन्त्रणमा पुगेको बताए। उनले असम प्रहरीसमक्ष "आत्मसमर्पण" गरेको दाबी पनि गरिएको छ। राजसंस्था पुनर्बहालीको माग गर्दै भएको प्रदर्शन हिंसात्मक बन्दा निजी तथा सरकारी भवन, कार्यालय तथा सवारीसाधनमा आगजनी र तोडफोड भएपछि सरकारले प्रसाईको खोजी गरिरहेको थियो।

दुई दिनअघि उनले आफू आत्मसमर्पण गर्न तयार रहेको भन्दै सामाजिक सञ्जालमार्फत् एउटा भिडिओ सार्वजनिक गरेका थिए। विद्युतीय कारोबार ऐन उल्लङ्घन गरेको आरोपमा प्रहरीले प्रसाईलाई गत असोज महिनामा पनि पक्राउ गरेको थियो।

प्रहरीले किन झापामा पक्राउ भन्यो

प्रसाई भारतको असममा पुगेको र त्यही प्रहरी नियन्त्रणमा पुगेको विवरण आएका छन्। भद्रपुरबाट पक्राउ गरिएको भनेर प्रहरीले ढाँट्न खोजेको छ। भारतबाट काकरभिट्टा हुँदै ल्याउँदाको गाडी समेत देखिने भिडिओ सार्वजनिक भइसकेका छन्। उहाँलाई भारतीय प्रहरीले बुझायो भन्दा अन्तर्राष्ट्रिय मुद्दा बन्न सक्छ भनेर प्रहरीले त्यो कुरा भनेन : अधिवक्ता नेपालले भने।

उहाँलाई भारतीय प्रहरीले नेपालको सीमासम्म ल्याएर नेपाल प्रहरीले त्यहाँबाट निजी गाडीमा ल्याएको हो। प्रहरी प्रवक्ता आचार्यले आफूहरूले भद्रपुरबाटै प्रसाईलाई नियन्त्रणमा लिएको दोहोर्‍याए। हाम्रो क्षेत्राधिकार नेपाल हो। अन्य देशमा पक्राउ परेको भन्ने हामीसँग केही छैन। हामीले झापामै पक्राउ गरेर यहाँसम्म ल्याएको हो : उनले भने।

नेपाल र भारतबीच सुपुर्दगी सन्धि नभएका कारण दुवै देशले छिमेकी देशमा कसुर गरेर आफ्नो देशमा पक्राउ परेका अभियुक्त वा कसुरदारलाई गुपचुप बुझाउने गरेका छन्। त्यसरी पक्राउ परेका व्यक्तिलाई सीमावर्ती क्षेत्रमा पक्राउ गरिएको दाबी दुवै देशका सुरक्षा निकायहरूले गर्दै आएको सुरक्षा मामिलाका जानकारहरू बताउँछन्।

प्रकाशित : चैत २९,२०८१                    ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

जनकपुरमा बालेन सरकारविरुद्ध सुकुम्बासीहरूले प्रदर्शन गर्दै गुठीको माँगे लालपूर्जा : JCNEPAL MEDIA

ललितपुर महानगरपालिकामा बुधबार सार्वजनिक बिदा : JCNEPAL MEDIA

पाठ्यपुस्तकमा व्यापक कालोबजारी, तर सरकार बने मुखदर्शक : JCNEPALMEDIA

करार शिक्षक तथा कर्मचारी नियुक्ति प्रक्रियामा सर्वोच्चको अन्तरिम आदेश : शहीदनगर नगरपालिका

जनकपुरमा किशोरीलाई बन्धक बनाएर ७ दिनसम्म बलात्कार, अवस्था चिन्ताजनक : JCNEPAL MEDIA

राराब क्याम्पसमा BBA परीक्षार्थी र क्याम्पस प्रशासनबीचकाे विवादले केही विद्यार्थी हरू परिक्षाबाट बन्चित : JCNEPAL MEDIA