नेपाल सरकार र शिक्षक महासंघ बीच वार्ता जारी : JCNEPAL MEDIA

चैत २९,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौ : सरकार र शिक्षक महासंघबीच वार्ता चलिरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकार र नेपाल शिक्षक महासंघका पदाधिकारीबीच वार्ता भइरहेको हो । बिहीबारको वार्ता सकारात्मक भएपछि शुक्रबार पनि दुवै पक्षले सहमतिको बिन्दु खोजिरहेका छन् ।

मन्त्रालय स्रोतका अनुसार आजको वार्तामा शिक्षामन्त्री विद्या भट्टराई सहभागी छैनन् । मन्त्री भट्टराई विद्यालय शिक्षा विधेयकमा दफावार छलफलमा भएकाले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीको नेतृत्वमा वार्ता बसिरहेको हो । शिक्षकको तर्फबाट महासंघ सहअध्यक्ष नानुमाया पराजुलीको टिम सहभागी छ ।

हिजो पनि छलफल भएको छ । सकारात्मक छ । आज पनि छलफल भइरहेको छ : शिक्षामन्त्रालय स्रोतले भन्यो । कानुन निर्माणबाहेक तत्काल शिक्षा मन्त्रालय र मन्त्रिपरिषद्बाट निर्णय गर्न सकिने विषयमा सरकार लचक भएको छ ।

प्रकाशित : चैत २९,२०८१                    ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहलाई अदालतले चारदिनकाे म्याद थपगरे : JCNEPAL MEDIA

पर्साका एसपी भट्टका घुमुवा रामराज हेडक्वार्टर तानिए, भट्टलाई पनि स्पष्टीकरण : JCNEPAL MEDIA

बहुविवाहको आरोपमा डिएसपी मधु नेपाल पक्राउ : JCNEPAL MEDIA