नेपाल सरकार र शिक्षक महासंघ बीच वार्ता जारी : JCNEPAL MEDIA

चैत २९,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौ : सरकार र शिक्षक महासंघबीच वार्ता चलिरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकार र नेपाल शिक्षक महासंघका पदाधिकारीबीच वार्ता भइरहेको हो । बिहीबारको वार्ता सकारात्मक भएपछि शुक्रबार पनि दुवै पक्षले सहमतिको बिन्दु खोजिरहेका छन् ।

मन्त्रालय स्रोतका अनुसार आजको वार्तामा शिक्षामन्त्री विद्या भट्टराई सहभागी छैनन् । मन्त्री भट्टराई विद्यालय शिक्षा विधेयकमा दफावार छलफलमा भएकाले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीको नेतृत्वमा वार्ता बसिरहेको हो । शिक्षकको तर्फबाट महासंघ सहअध्यक्ष नानुमाया पराजुलीको टिम सहभागी छ ।

हिजो पनि छलफल भएको छ । सकारात्मक छ । आज पनि छलफल भइरहेको छ : शिक्षामन्त्रालय स्रोतले भन्यो । कानुन निर्माणबाहेक तत्काल शिक्षा मन्त्रालय र मन्त्रिपरिषद्बाट निर्णय गर्न सकिने विषयमा सरकार लचक भएको छ ।

प्रकाशित : चैत २९,२०८१                    ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA