तीनकुने घटनाकाे राष्ट्रसंघीय मानवअधिकारको कार्यालयलाई राप्रपाको ध्यानाकर्षणपत्र : JCNEPAL MEDIA

चैत २९,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत १५ गते काठमाडौंमा भएको प्रदर्शनका क्रममा राज्यले दमन गरेको भन्दै संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले हस्ताक्षर गरेको पत्रमा सुरक्षाकर्मीहरूले शान्तिपूर्ण प्रदर्शनमा उत्रिएएकाहरूलाई लक्षित गरी अन्धाधुन्ध गोली प्रहार गरेको र मानवअधिकारको गम्भीर उल्लंघन भएको उल्लेख गरिएको छ । आफ्ना नेता तथा समर्थकलाई पक्राउ गरेर बिनाकुनै कारण गिरफ्तार गरी थुनामा राखिएको पत्रमा उल्लेख छ ।

उक्त आरोप निराधार भन्दै तुरुन्त फिर्ता लिन पनि माग गरिएको छ । शुक्रबार राप्रपाको प्रतिनिधिमण्डलले ललितपुरस्थित संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय पुगेर उक्त पत्र एसिया प्यासिफिक क्षेत्रका मानवअधिकार अधिकृत रघु मेननलाई हस्तान्तरण गरेको राप्रापा महामन्त्री शरदराज पाठकले जानकारी दिए ।

प्रकाशित : चैत २९,२०८१                      ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA