पूर्व वडाअध्यक्ष यादव पक्राउ : महाेत्तरी JCNEPAL MEDIA

बैशाख ०२,२०८१ / जेसी नेपाल संवाददाता

महोत्तरी : महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाका पूर्ववडाध्यक्ष राजदेव यादवलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । सोनमा गाउँपालिकाको वडा नम्बर ८ का पूर्ववडाध्यक्ष राजदेव यादवलाई ज्यान मार्ने मुद्दामा पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ । सिंग्हासिनी घर भएका यादवमाथि आत्महत्या दुरुत्साहनको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उच्च अदालत जनकपुरधामले यादवलाई आत्महत्या दुरुत्साहनको मुद्दामा पक्राउ गर्न परमादेश जारी गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता समेत रहेका डीएसपी सन्तु जयसवारले जनाए अनुसार गौशाला प्रहरीले यादवलाई पक्राउ गरेको हो । २०८० असार ३० गते गोविन्द महतोले आत्महत्या गरेका थिए ।

मृतक महतोकी आमाले यादवामथि किटानी जाहेरी दिन चाहेकी थिइन् । तर जिल्ला प्रहरी कार्यालय महोत्तरीले यादवमाथि मुद्दा दर्ता गर्न अस्वीकार गरेपछि मृतककी आमाले उच्च अदालत जनकपुरधामलाई गुहारेका थिए । उच्च अदालतले परमादेश मार्फत सो मुद्दा दर्ता गर्न जिल्ला प्रहरी महोत्तरीलाई निर्देशन दिएको छ ।

त्यसपछि इलाका प्रहरी कार्यालय गौशालाले यादवलाई सोमवार पक्राउ गरेको हो । यादव नेकपा एमालेका कार्यकर्ता रहेको बताइन्छ ।

प्रकाशित : बैशाख ०२,२०८१       ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मुस्ताङमा भन्सार छलेर ल्याइएका ८ कन्टेनर प्रहरीको फन्दामा : JCNEPALMEDIA

देशभरका प्रहरी हिरासतमा सीसीटिभी क्यामेरा अनिवार्य गर्न माग गरिएको रिटमा सरकारको नाममा कारण देखाऊ आदेश : JCNEPALMEDIA

२२४ यात्रु बोकेर उडिरहेको इन्डिगो विमानको इन्जिन आकाशमै फेल, मच्चियो हंगामा : JCNEPALMEDIA

सिंहदरबारमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता : JCNEPALMEDIA

कप्तानगन्ज हिंसात्मक घटनामा प्रहरीले अनुसन्धान तीव्रगतिमा गर्दै : JCNEPALMEDIA

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ : JCNEPALMEDIA