कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, सरकारको समीक्षा र भातृ संस्थाको अधिवेशन मुख्य एजेण्डा : JCNEPAL MEDIA

बैशाख ०२,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : पार्टीभित्रबाट सरकारको व्यापक आलोचना हुन थालेपछि नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

सभापति शेरबहादुर देउवाको निर्देशनमा केन्द्रीय समितिको बैठक बोलाइएको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । समसामयिक राजनीति र सरकारका कामकारबाही छलफलका विषय रहेका छन् । बैठक आगामी वैशाख १७ गते दिउँसो १ बजे बस्नेछ भने बैठकमा पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई डाकिएको छ ।

बैठकमा कांग्रेसले पार्टीले दिएको समयभित्र महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाको तदर्थ समितिबारे पनि छलफल गर्ने भएको छ । पार्टी नेताहरूको नेतृत्वमा महाधिवेशन निर्देशन समितिसमेत बनाएर कांग्रेसले चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न भन्दै १० भातृ संस्थालाई निर्देशन दिएको थियो । तीमध्ये तीन भातृ संस्थाले मात्रै महाधिवेशन गर्न सकेका छन् । सभापति देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गरेका छन् ।

सरकारप्रति कांग्रेस नेताको चर्को असन्तुष्टिपछि देउवाले प्रधानमन्त्री ओलीसँग छलफल गरेका हुन् । पछिल्लो राजनीतिक अवस्था र आगामी रणनीतिबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बलाउने दुई नेताबीच सहमति भएको बताइएको छ ।

प्रकाशित : बैशाख ०२,२०८१               ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बृहत्तर क्षेत्रका अध्यक्ष शीतल साहविरुद्ध पक्राउ पुर्जी जारी : जनकपुर JCNEPAL MEDIA

सर्लाहीकाे मलंगवामा भन्सार गाडीमाथि महिला तस्करको आक्रमण :JCNEPAL MEDIA

विद्युत प्राधिकरणको लापर्वाहीले करेन्ट लागेर ११ केभीमा काम गर्दै गरेका मदजुरको मृत्यु : काभ्रे JCNEPAL MEDIA

विद्युत प्राधिकरणको लापर्वाहीले करेन्ट लागेर ११ केभीमा काम गर्दै गरेका मदजुरको मृत्यु : काभ्रे JCNEPAL MEDIA

टेरामक्स प्रकरणमा ३ अर्ब २१ करोड बढी भ्रष्टाचार, पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर : JCNEPAL MEDIA

पाकिस्तानमा विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान बन्द : JCNEPAL MEDIA